२०८३ असार १
June 15, 2026, Monday

नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको अध्यक्षमा कोमल उपाध्याय

Advertisement

नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीकोे अध्यक्षमा कोमल प्रसाद उपाध्यायले चयन हुनुभएको छ ।
सोमबार निर्माण व्यवसायी संघ म्याग्दीको सभाहलमा सम्पन्न पाचौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि उपाध्याय सहित १६ सदस्यीय कार्य समिति चयन भएका छन् ।

Advertisement

त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा सोमकान्त सुवेदी, खुमा सापकोटा पौडेल, रनबहादुर शाही, भीम कुमारी सुवेदी, सचिवमा टिकानाथ पौडेल, सह–सचिवमा गिता सुवेदी, अञ्जु पोख्रेल, कोषाध्यक्षमा पदम वि.क र सह–कोषाध्यक्षमा अस्मिता सिंथानी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा जय प्रसाद शर्मा, हर्क बहादुर क्षेत्रीm पुष्पा पौडेल घिमिरे, पदमबहादुर केसी, पुष्कर शर्मा र लोकराज सुवेदी चयन हुनुभएको छ ।

त्यस्तै संघिय प्रतिनिधिमा खेमराज शर्मा र प्रदेश प्रतिनिधिमा हृदय कुमार क्षेष्ठ र प्रदीप सापकोटा चयन हुनुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीका सभापती खम बहादुर गर्बुजा (खम्बीर)ले ट्रेड युनियको पार्टी संगठनमा महत्वपूर्ण भुमिका रहेको बताउदै हरेक क्षेत्रका श्रमिकहरुले अहिलेको आर्थिक मन्दीले गर्दा तलब नपाएको बताउदै उनीहरुको दैनिकीमा समेत समस्या भएको बताउनुभयो । अब संघ सरकारमा बजेट निर्माणको कार्य छिटै सुरु हुने बताउदै बजेटमा म्याग्दीका लागि बढी भन्दा बढी योजना समेट्न आफ्नो प्रयास रहने उहाँको भनाई थियो ।

कार्यक्रममा संविधान सभा सदस्य रेशम बहादुर बानियाँले हरेक क्षेत्रमा ट्रेड युनियनले पाटीमा हरेक क्षेत्रलाई चलायमान बनाउनका लागी महत्वको भुमिका खेलेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा संगठनमा आवद्ध रहेर हाल सम्म महत्वपूर्ण भुमिका खेलेको भन्दै उपाध्यक्ष नारायण सुवेदीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रमा नेपाली कांग्रेसका पूर्व उपसभापती नेत्रबहादुर महत, उपसभापती हरिकुमार श्रेष्ठ, नेपाल शिक्षक संघ म्याग्दी अध्यक्ष नगेन्द्र खत्रीले बोल्नुभएको थियो । कार्यक्रम अध्यक्ष उपाध्यायको अध्यक्षता, उपाअध्यक्ष नारायण सुवेदीको स्वागत सह–सचिव भिमकुमारी सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP