नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीकोे अध्यक्षमा कोमल प्रसाद उपाध्यायले चयन हुनुभएको छ ।
सोमबार निर्माण व्यवसायी संघ म्याग्दीको सभाहलमा सम्पन्न पाचौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि उपाध्याय सहित १६ सदस्यीय कार्य समिति चयन भएका छन् ।
त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा सोमकान्त सुवेदी, खुमा सापकोटा पौडेल, रनबहादुर शाही, भीम कुमारी सुवेदी, सचिवमा टिकानाथ पौडेल, सह–सचिवमा गिता सुवेदी, अञ्जु पोख्रेल, कोषाध्यक्षमा पदम वि.क र सह–कोषाध्यक्षमा अस्मिता सिंथानी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा जय प्रसाद शर्मा, हर्क बहादुर क्षेत्रीm पुष्पा पौडेल घिमिरे, पदमबहादुर केसी, पुष्कर शर्मा र लोकराज सुवेदी चयन हुनुभएको छ ।
त्यस्तै संघिय प्रतिनिधिमा खेमराज शर्मा र प्रदेश प्रतिनिधिमा हृदय कुमार क्षेष्ठ र प्रदीप सापकोटा चयन हुनुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीका सभापती खम बहादुर गर्बुजा (खम्बीर)ले ट्रेड युनियको पार्टी संगठनमा महत्वपूर्ण भुमिका रहेको बताउदै हरेक क्षेत्रका श्रमिकहरुले अहिलेको आर्थिक मन्दीले गर्दा तलब नपाएको बताउदै उनीहरुको दैनिकीमा समेत समस्या भएको बताउनुभयो । अब संघ सरकारमा बजेट निर्माणको कार्य छिटै सुरु हुने बताउदै बजेटमा म्याग्दीका लागि बढी भन्दा बढी योजना समेट्न आफ्नो प्रयास रहने उहाँको भनाई थियो ।
कार्यक्रममा संविधान सभा सदस्य रेशम बहादुर बानियाँले हरेक क्षेत्रमा ट्रेड युनियनले पाटीमा हरेक क्षेत्रलाई चलायमान बनाउनका लागी महत्वको भुमिका खेलेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा संगठनमा आवद्ध रहेर हाल सम्म महत्वपूर्ण भुमिका खेलेको भन्दै उपाध्यक्ष नारायण सुवेदीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रमा नेपाली कांग्रेसका पूर्व उपसभापती नेत्रबहादुर महत, उपसभापती हरिकुमार श्रेष्ठ, नेपाल शिक्षक संघ म्याग्दी अध्यक्ष नगेन्द्र खत्रीले बोल्नुभएको थियो । कार्यक्रम अध्यक्ष उपाध्यायको अध्यक्षता, उपाअध्यक्ष नारायण सुवेदीको स्वागत सह–सचिव भिमकुमारी सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...