२०८३ श्रावण ९
July 25, 2026, Saturday

भुरुङमा भूमे थानको उद्घाटन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थानको उद्घाटन गरिएको छ । प्रकृतिलाई खुशी बनाउने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरिएको थानको उद्घाटन गरिएको हो ।
स्वदेश तथा विदेशमा रहेका भुरुङबासीको सक्रियतामा गाउँको शिरमा रहेको थानको पुर्वाधार निर्माण गरिएको थियो । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत पुनका प्रमुख आतिथ्यतामा भूमे पूजा गर्ने ठाउँमा निर्माण गरिएको विभिन्न पूर्वाधारको उद्घाटन गरिएको थियो । अध्यक्ष पुनले प्रवेश द्वार र शिलालेख, डमरबहादुर पुर्जाले थान, कविराज पौडेल र डम्वर वहादुर पौडेलले सतल, धनकुमारी थापाले गणेश मन्दिर, तुलिमा पाईजाले वराह मन्दिर, मनबहादुर राम्जाली पुनले भित्री गेट र सरस्वती तिलिजा पुनले बृृक्षारोपण सहित उहाँहरुले थान परिसरका पुर्वाधारको उद्घाटन गर्नुभएको थियो ।
भुरुङ निवासी हाल युके बसोबास गर्दै आएका रन पाईजाले पूजाको अवसरमा २ थान सनाय र ११ जोडी पोषाक नौमति बाजा समुहलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रकृतिलाई खुशी बनाउने भूमे पूजासंगै गाउँहरुले मिलेर पुख्र्यौली नृत्य गरेका थिए । भूरुङमैत्री समाज पोखराले जन्म गाउँ भूरुङको विकासमा सहयोग गर्दै आएको छ ।
अन्नपूर्ण गाउँपालिका– २ का वडाअध्यक्ष ओमप्रसाद फगामीको अध्यक्षता र विष्णु गर्वुजाको संचालनमा भउको कार्यक्रममा भूमेलाई खशुी बनाउन विभिन्न कार्यक्रमहरु गर्नुभएको थियो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP