म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थानको उद्घाटन गरिएको छ । प्रकृतिलाई खुशी बनाउने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरिएको थानको उद्घाटन गरिएको हो ।
स्वदेश तथा विदेशमा रहेका भुरुङबासीको सक्रियतामा गाउँको शिरमा रहेको थानको पुर्वाधार निर्माण गरिएको थियो । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत पुनका प्रमुख आतिथ्यतामा भूमे पूजा गर्ने ठाउँमा निर्माण गरिएको विभिन्न पूर्वाधारको उद्घाटन गरिएको थियो । अध्यक्ष पुनले प्रवेश द्वार र शिलालेख, डमरबहादुर पुर्जाले थान, कविराज पौडेल र डम्वर वहादुर पौडेलले सतल, धनकुमारी थापाले गणेश मन्दिर, तुलिमा पाईजाले वराह मन्दिर, मनबहादुर राम्जाली पुनले भित्री गेट र सरस्वती तिलिजा पुनले बृृक्षारोपण सहित उहाँहरुले थान परिसरका पुर्वाधारको उद्घाटन गर्नुभएको थियो ।
भुरुङ निवासी हाल युके बसोबास गर्दै आएका रन पाईजाले पूजाको अवसरमा २ थान सनाय र ११ जोडी पोषाक नौमति बाजा समुहलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रकृतिलाई खुशी बनाउने भूमे पूजासंगै गाउँहरुले मिलेर पुख्र्यौली नृत्य गरेका थिए । भूरुङमैत्री समाज पोखराले जन्म गाउँ भूरुङको विकासमा सहयोग गर्दै आएको छ ।
अन्नपूर्ण गाउँपालिका– २ का वडाअध्यक्ष ओमप्रसाद फगामीको अध्यक्षता र विष्णु गर्वुजाको संचालनमा भउको कार्यक्रममा भूमेलाई खशुी बनाउन विभिन्न कार्यक्रमहरु गर्नुभएको थियो ।
२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...
सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...
खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...