२०८३ असार ५
June 19, 2026, Friday

नेपाल दलित संघको अध्यक्षमा नरबहादुर विश्वकर्मा

नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघ जिल्ला कार्य समिति म्याग्दीको तदर्थ समितिको अध्यक्षमा नरबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।
शनिबार बेनीमा भएको भेलाले विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समितिले चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बेलबहादुर विश्वकर्मा, महिला उपाध्यक्षमा आरती विश्वकर्मा, सचिवमा दिनेश विश्वकर्मा, कोषाध्यक्षमा पशुपती बुढाथोकी, सह–सचिवमा सुष्मा सेन्चुरी चयन हुनुभएको छ ।

Advertisement

त्यस्तै सदस्यहरुमा इन्द्र बहादुर नेपाली, राजु रामदाम, तिलमाया परियार, बिशाल वि.क, जुना खाती, निर्मला वि.क, टिका घताने, रत्नबहादुर विश्वकर्मा, यामबहादुर परियार, मनदेवी वि.क, ठहर बहादुर परियार र सुर्य बहादुर नेपाली चयन हुनुभएको छ ।
त्यस्तै समितिको सल्लाकारमा मनकुमारी विश्वकर्मा, इन्द्रबहादुर विश्वकर्मा, बालकुमार लामिछाने, नन्दबहादुर विश्वकर्मा, सम्झाना परियार, टिकाराम दर्जी र बागविर दर्जी रहनुभएको छ ।

Advertisement

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दीका पार्टी सभापती एवम् प्रतिनिधि सभा सदस्य माननिय खमबहादुर गर्बुजा खम्बीरले हरेक क्षेत्रमा दलित समुदायको महत्वपूर्ण भुमिका हुने तर हरेक क्षेत्रमा पछि पारिएको बताउनुभयो । उहाँले अब आउने पार्टीलाई बलियो र चलायमान बनाउन पार्टीको भातृ संस्थाको नेतृत्व पुर्नगठन गर्नुपरेको बताउनुभयो । दलितका अधिकारका बारेमा आफुले संसदमा समेत आवाज उठाउने उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रममा संविधान सभा सदस्य रेशम बहादुर बानियाँले अब आफ्नो अधिकार हरेक क्षेत्रबाट दलिदहरुले आवाज उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापती हरिकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मा, जिल्ला सचिव भरतबहादुर रकाल, महाधिवेशन प्रतिनिधि नेत्र महत, बेनी नगर सभापती रविन्द्र कार्की रवि र इन्द्र विश्वकर्मा, बालकुमार विश्वकर्मा लगायत बोल्नुभएको थियो ।

कार्यक्रम संयोजक मनकुमारीको अध्यक्षता सम्झना परियारको संचालन र आरती विश्वकर्माको स्वागतमा सम्पन्न भएको थियो ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP