२०८० मंसिर १५
December 1, 2023, Friday

नेपाल दलित संघको अध्यक्षमा नरबहादुर विश्वकर्मा

नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघ जिल्ला कार्य समिति म्याग्दीको तदर्थ समितिको अध्यक्षमा नरबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।
शनिबार बेनीमा भएको भेलाले विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समितिले चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बेलबहादुर विश्वकर्मा, महिला उपाध्यक्षमा आरती विश्वकर्मा, सचिवमा दिनेश विश्वकर्मा, कोषाध्यक्षमा पशुपती बुढाथोकी, सह–सचिवमा सुष्मा सेन्चुरी चयन हुनुभएको छ ।

Advertisement

त्यस्तै सदस्यहरुमा इन्द्र बहादुर नेपाली, राजु रामदाम, तिलमाया परियार, बिशाल वि.क, जुना खाती, निर्मला वि.क, टिका घताने, रत्नबहादुर विश्वकर्मा, यामबहादुर परियार, मनदेवी वि.क, ठहर बहादुर परियार र सुर्य बहादुर नेपाली चयन हुनुभएको छ ।
त्यस्तै समितिको सल्लाकारमा मनकुमारी विश्वकर्मा, इन्द्रबहादुर विश्वकर्मा, बालकुमार लामिछाने, नन्दबहादुर विश्वकर्मा, सम्झाना परियार, टिकाराम दर्जी र बागविर दर्जी रहनुभएको छ ।

Advertisement

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दीका पार्टी सभापती एवम् प्रतिनिधि सभा सदस्य माननिय खमबहादुर गर्बुजा खम्बीरले हरेक क्षेत्रमा दलित समुदायको महत्वपूर्ण भुमिका हुने तर हरेक क्षेत्रमा पछि पारिएको बताउनुभयो । उहाँले अब आउने पार्टीलाई बलियो र चलायमान बनाउन पार्टीको भातृ संस्थाको नेतृत्व पुर्नगठन गर्नुपरेको बताउनुभयो । दलितका अधिकारका बारेमा आफुले संसदमा समेत आवाज उठाउने उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रममा संविधान सभा सदस्य रेशम बहादुर बानियाँले अब आफ्नो अधिकार हरेक क्षेत्रबाट दलिदहरुले आवाज उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापती हरिकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मा, जिल्ला सचिव भरतबहादुर रकाल, महाधिवेशन प्रतिनिधि नेत्र महत, बेनी नगर सभापती रविन्द्र कार्की रवि र इन्द्र विश्वकर्मा, बालकुमार विश्वकर्मा लगायत बोल्नुभएको थियो ।

कार्यक्रम संयोजक मनकुमारीको अध्यक्षता सम्झना परियारको संचालन र आरती विश्वकर्माको स्वागतमा सम्पन्न भएको थियो ।

Related News

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०८० बैशाख ३०, शनिबार १३:२३

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०८० बैशाख ३०, शनिबार १३:२३

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
  • २०८० बैशाख ३०, शनिबार १३:२३

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको...

TOP