२०८१ फाल्गुन ५
February 17, 2025, Monday

वरिष्ठ शिक्षाप्रेमी भक्ति हिराचनलाइ जनबाल माबिद्वारा सम्मान

सुशीलबाबू थकाली मुस्ताङ,

Advertisement

मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर-२ मार्फा गाउँमा अवस्थित श्री जनबाल माध्यमिक बिधालयको अभिभावक भेला – २०८० सम्पन्न भएको छ । सोही अवसरमा मार्फा गाउँका वरिष्ठ समाजसेवी, शिक्षाप्रेमी एवम् पुर्व जिल्ला सभापति भक्ति हिराचलाइ बिधालयले सम्मान गरेको हो । बिधालयको वार्षिक कार्यक्रम अनुसार यसपटक वरिष्ठ समाजसेवी भक्ति हिराचनलाइ सम्मान गरेको बिधालयले जनाएको छ ।

साथमा उहाँकी धर्मपत्नी पुस कुमारी हिराचनलाइ पनि संयुक्त रुपमा सम्मान गरेको हो । बिधालयका प्रधानाध्यापक दुर्गादत्त ढकालका अनुसार कोभिड – १९ सुरु भएदेखी रोकिएको बिधालयको विविध शैक्षिक कार्यक्रम सहित सम्मान कार्यक्रमलाई पनि यसै अभिभावक भेला-२०८० मा समावेस गरेको बताउनुभयो । बिशेष गरि समाजमा रहेर लामो समयदेखि अमुल्य योगदान दिनुभएका व्यक्तिहरूलाई बिधालयको तर्फबाट सम्मान गर्न पाउनु साच्चिकै महत्त्वपूर्ण र अविस्मरणीय रहने प्रधानाध्यापक ढकालको जिकिर रहेको छ ।

वरिष्ठ समाजसेवी भक्ति हिराचनले बिधालयको सर्वाङ्गिन बिकास र उत्थानका निम्ति पुर्याउनु भएको योगदान साच्चिकै प्रशंसायोग्य र अमुल्य रहेको उहाँले बताउनुभयो । लामो समयदेखि बिधालयको आर्थिक, नैतिक, भौतिक र सामाजिक रूपमा हरदम सकृय रहि कार्य गर्दै आउनुभएका भक्ति हिराचनलाइ कदरपत्र र दोसल्ला लगाइ भव्य सम्मान गरिएको हो । सकृय जीवनको करिब पाँच दशक भन्दा बढी शिक्षा उन्नयनका निम्ति खर्चिनुभएका हिराचन अझै पनि शिक्षा र त्यससँग सम्बन्धित क्षेत्रलाई नजिकबाट नियाल्न औधी रुचाउनुहुन्छ ।

समाजसेवी भक्ति हिराचनले बिधालयको लागि विभिन्न निकायसँग समन्वय गरि आर्थिक रूपमा बिधालयलाई सबल र सक्षम बनाउन हरपल प्रेरित गर्नुभएको छ । स्वीस सरकारसँगको सहकार्यत झन् शब्दमा बयान गरि साध्य नै छैन । परिस्थिति जस्तो भएपनि उहाँले बिधालयको लागि न दिन न रात भनी लागिपर्नु चानचुने कुरा भने थिएन । फलस्वरूप आज जनबाल माध्यमिक बिधालय अन्य बिधालयको तुलनमा नमूना बन्दै गइरहेको छ । बिधालयका प्रधानाध्यापक दुर्गादत्त ढकालका अनुसार अहिले बिधालयको व्यवस्थापनमा समेत सकारात्मक परिवर्तन आएको बताउनुभयो, उहाँले भन्नुभयो- बिकास र परिवर्तनको लागि सहकार्यको जरुरी पर्दछ ।

शिक्षक, बिद्यार्थी र सरोकारवाला बीचको सहकार्यको कारण जनबाल माध्यमिक बिधालयमा सकारात्मक परिवर्तनको अनुभुती गर्न सकिन्छ । बिधालयले आयोजना गरेको अभिभावक भेला-२०८० मा विभिन्न संस्था र व्यक्तित्वहरुले स्थापना गरेको अक्षयकोष र त्यसबाट प्रदान गरिने विभिन्न शिर्षकका पुरस्कारहरु वितरण गरिएको थियो । जसमा महेन्द्रबहादुर शेरचनको चन्दाबाट स्थापना गरिएको पुरस्कार, नानीसुक स्मृति प्रतिस्ठान छात्रवृत्ति पुरस्कार साथै बिरेन्द्र शान्ति शिक्षक प्रोत्साहन रहेको थियो ।

जसमध्ये महेन्द्रबहादुर शेरचनको चन्दाबाट प्रदान गरिने पुरस्कारबाट यस बर्ष शिक्षक प्रोत्साहन पुरस्कार चार जना शिक्षक र गरिब तथा जेहेन्दार छात्रवृत्ति एक जना बिद्यार्थीलाई जनही पाँच – पाँच हजारको दरले नगर र प्रमाण प्रत्र प्रदान गरिएको थियो । यसैगरी नानीसुक स्मृति प्रतिस्ठान अक्षयकोषद्वारा प्रदान गरिने बिद्यार्थी छात्रवृत्ति यस बर्ष बिधालयका दुई जना विद्यार्थीलाई जनही रु ८ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो भने बिरेन्द्र शान्ति शिक्षक प्रोत्साहन पुरस्कार बिधालयका दुई जना शिक्षकलाई प्रशंसापत्र सहित प्रदान गरिएको थियो ।

भने बिधालयले प्रदान गर्ने उत्कृष्ट शिक्षक पुरस्कार एक जना शिक्षकलाइ नगद रु ६ हजार र प्रशंसापत्र प्रदान गरिएको थियो । साथै बिधालयले आयोजना गरेको विभिन्न इभेन्टमा पुरस्कृत हुने बिद्यार्थीलाई समेत तक्मा पुरस्कार प्रदान गरिएको थियो । जसमा गत शैक्षिकसत्र २०७९ मा कक्षा केजिदेखि दशसम्मका प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीलाई मेडलद्वारा पुरस्कृत गरेको थियो । यसैगरी बिधालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलाप अन्तर्गतका खेल तथा हाजिरजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीलाई समेत मेडलद्वारा पुरस्कृत गरेको हो ।

यसैगरी अभिभावक भेला-२०८० को अवसरमा बिधालयमा सर्वोत्कृष्ट नम्बर प्राप्त गरी बिधालय प्रथम हुने विद्यार्थी, बर्षभरी सबैभन्दा बढी हाजिर हुने बिद्यार्थी, बिधालयमा बर्षभरी नियमित रूपमा सरसफाइ भएर आउने बिद्यार्थी र अनुशाशीत बिद्यार्थीलाई पनि मेडल प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् घरपझोङ गाउँ पालिकाका अध्यक्ष मोहनसिंह लालचनले बिधालयले गरेको कार्य अत्यन्तै उत्कृष्ट र प्रशंसायोग्य भएको बताउनुभयो ।

जिल्लाले नसम्झेको र नगरेको कार्य बिधालयले गरेको देख्दा आफुलाइ कता कता अप्ठ्यारो महसुस समेत भएको बताउनुभयो, उहाँले भन्नुभयो- भक्ति हिराचन जस्तो महान व्यक्तिलाई ढिलै भएपनी बिधालयले सम्मान गरेको छ । हामीले यसमा सकारात्मक भएर बिधालयको उच्च मूल्याकंन गर्नैपर्छ । उहाँको अनुसार बिद्यार्थी भबिस्यको कर्णधार भएकोले उसले प्रथमतः घरबाटै संस्कार सिकेर आउनुपर्ने बताउनुभयो ।

बिद्यार्थीको भबिस्य निर्माणका निम्ति उसलाई शिक्षकको महत्त्वपूर्ण शिक्षा अपरिहार्य रहने उहाँको जिकिर छ । यसैगरी घरपझोङ गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाका अधिकृत हिमलाल शर्मा, घरपझोङ गाउँ कार्यपालिकाका सदस्य राजु लालचन, नानीसुक स्मृति प्रतिस्ठान कास्किका संरक्षक बिरेन्द्र हिराचन, नानीसुक स्मृति प्रतिस्ठानका कास्किका अध्यक्ष तारानाथ गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य बिधालयका शिक्षक राजुप्रसाद श्रेष्ठले राख्नुभएको थियो भने सन्चालन सहायक प्रधानाध्यापक कृष्णप्रसाद कोइरालाले गर्नुभएको थियो ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० जेष्ठ ८, सोमबार १६:०२

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० जेष्ठ ८, सोमबार १६:०२

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० जेष्ठ ८, सोमबार १६:०२

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP