२०८० आश्विन १३
September 30, 2023, Saturday

बेनीमा परम्परागत ठेलो र तोरीपानीमा छात्र भलिबल प्रतियोगिता हुने

म्याग्दीको बेनीमा प्रदेश स्तरीय परम्परागत ठेला (छेलो) र मावि स्तरीय छात्र भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

Advertisement

गण्डकी प्रदेशको खेलकुद विकास परिषद्को सहयोगमा जिल्ला खेलकुद विकास समितिले बेनीमा जेठ २० गते ठेलो र गलेश्वर माध्यमिक विद्यालय बेनपा–९ले जेठ २५ र २६ गते तोरीपानीमा छात्र भलिबल प्रतियोगिताको आयोजना गरेका हुन् ।

Advertisement

ठेलो फाल्ने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ३÷३ र म्याग्दी जिल्लाका ५ जनाले भाग लिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । “परम्परागत खेलकुदको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो,” उहाँले भन्नुभयो “जिल्ला खेलकुद विकास समितिले छनौट गरेर पठाउने खेलाडीलाई बेनीको खुल्ला मञ्चमा प्रतिस्पर्धा गराउछौ ।”

श किलोग्राम भन्दा बढी तौल भएको ठेलो सबैभन्दा टाढा फाल्नेलाई पहलमान घोषणा गरि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केसीले बताउनुभयो । प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेले क्रमश रु. २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।

गण्डकी प्रदेशमा दोस्रो र म्याग्दी जिल्लामा पहिलो पटक परम्परागत ठेलो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता सञ्चालनका लागि खेलकुद सामग्री र पुरस्कार प्रदेशबाट प्राप्त भइसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव दानबहादुर राईले बताउनुभयो ।

यसैगरी विद्यालय बालबालिका कार्यक्रम अन्तरगत गलेश्वर माविमा आयोजना हुने छात्र भलिबल प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीले भाग लिन पाउनेछन् । प्रतियोगितामा बिजेता र उपबिजेताले क्रमश रु. ५५ हजार ५५५ र रु. ३३ हजार ३३३ पुरस्कार पाउने गलेश्वर माविका प्रअ गणेश बानियाले बताउनुभयो ।

२१ सदस्यीय मुल आयोजक समिति गठन गरेर प्रतियोगिताको तयारी थालिएको उहाँले बताउनुभयो । “हाम्रा विद्यार्थी, हाम्रो पहिचान, खेलसँगै गुणस्तरीय शिक्षाको अभियान” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।

यसैगरी आगामी तिज पर्वको अवसरमा जिल्ला खेलकुद विकास समतिको आयोजनामा बेनीमा महिला फुटबल प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष केसीले बताउनुभयो ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० जेष्ठ १६, मंगलवार १६:०९

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० जेष्ठ १६, मंगलवार १६:०९

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० जेष्ठ १६, मंगलवार १६:०९

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP