२०८३ बैशाख १९
May 2, 2026, Saturday

बेनीमा परम्परागत ठेलो र तोरीपानीमा छात्र भलिबल प्रतियोगिता हुने

म्याग्दीको बेनीमा प्रदेश स्तरीय परम्परागत ठेला (छेलो) र मावि स्तरीय छात्र भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

Advertisement

गण्डकी प्रदेशको खेलकुद विकास परिषद्को सहयोगमा जिल्ला खेलकुद विकास समितिले बेनीमा जेठ २० गते ठेलो र गलेश्वर माध्यमिक विद्यालय बेनपा–९ले जेठ २५ र २६ गते तोरीपानीमा छात्र भलिबल प्रतियोगिताको आयोजना गरेका हुन् ।

Advertisement

ठेलो फाल्ने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ३÷३ र म्याग्दी जिल्लाका ५ जनाले भाग लिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । “परम्परागत खेलकुदको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो,” उहाँले भन्नुभयो “जिल्ला खेलकुद विकास समितिले छनौट गरेर पठाउने खेलाडीलाई बेनीको खुल्ला मञ्चमा प्रतिस्पर्धा गराउछौ ।”

श किलोग्राम भन्दा बढी तौल भएको ठेलो सबैभन्दा टाढा फाल्नेलाई पहलमान घोषणा गरि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केसीले बताउनुभयो । प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेले क्रमश रु. २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।

गण्डकी प्रदेशमा दोस्रो र म्याग्दी जिल्लामा पहिलो पटक परम्परागत ठेलो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता सञ्चालनका लागि खेलकुद सामग्री र पुरस्कार प्रदेशबाट प्राप्त भइसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव दानबहादुर राईले बताउनुभयो ।

यसैगरी विद्यालय बालबालिका कार्यक्रम अन्तरगत गलेश्वर माविमा आयोजना हुने छात्र भलिबल प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीले भाग लिन पाउनेछन् । प्रतियोगितामा बिजेता र उपबिजेताले क्रमश रु. ५५ हजार ५५५ र रु. ३३ हजार ३३३ पुरस्कार पाउने गलेश्वर माविका प्रअ गणेश बानियाले बताउनुभयो ।

२१ सदस्यीय मुल आयोजक समिति गठन गरेर प्रतियोगिताको तयारी थालिएको उहाँले बताउनुभयो । “हाम्रा विद्यार्थी, हाम्रो पहिचान, खेलसँगै गुणस्तरीय शिक्षाको अभियान” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।

यसैगरी आगामी तिज पर्वको अवसरमा जिल्ला खेलकुद विकास समतिको आयोजनामा बेनीमा महिला फुटबल प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष केसीले बताउनुभयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० जेष्ठ १६, मंगलवार १६:०९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० जेष्ठ १६, मंगलवार १६:०९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० जेष्ठ १६, मंगलवार १६:०९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP