२०८० आश्विन १३
September 30, 2023, Saturday

लिटल गार्डेनद्धारा सरसफाइकर्मीलाई सम्मान

विश्व वातावरण दिवसको अवसरमा सोमबार बेनीमा बजारको फोहोर संकलन तथा व्यवस्थापन गर्ने सरसफाइकर्मीहरुलाई सम्मान गरिएको छ । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले दिवसको अवसरमा बजारक्षेत्रको फोहोर व्यवस्थापनको कार्यमा खटिदै आएका नौँ जना व्यक्तिलाई सम्मान गरेको हो ।
बेनी नगरपालिकासंगको सम्झौता बमोजिम मिसन फोर वेष्ट म्यानेजमेण्ट प्रा.लि.ले बेनी बजार, गलेश्वर लगायतका शहरी क्षेत्रको फोहोर संकलन गर्दै ठूलो पहिरोमा रहेको व्यवस्थापन केन्द्र मार्फत प्रशोधन गरि व्यवस्थापन गरिँदै आइएको छ ।
विद्याययले वातावरण संरक्षणमा सरसफाईकर्मीहरुको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, प्रिन्सिपल दिपक सुवेदी, प्राज्ञिक सल्लाहकार प्रेम जिसी, अतिरिक्त क्रियाकलाप संयोजक नगेन्द्र गौतम, बेनी नगरपालिकाका स्रोत व्यक्ति जयराम सुवेदी लगायतले सरसफाइकर्मीहरुलाई सम्मानपत्र, दोसल्ला र अविर लगाएर सम्मान गर्नुभएको थियो ।

Advertisement

कार्यक्रममा सरसफाइकर्मीहरुलाई फोहोर संकलन र व्यवस्थापनमा प्रयोग हुने सरसफाईका सामाग्री समेत प्रदान गरिएको थियो । विगतका बर्षमा विश्व वातावरण दिवसलाई कालीगण्डकी कोरीडार सरसफाई, वृक्षारोपण लगायतका कार्यक्रम गरि मनाउने गरिएकोमा यस बर्ष सरसफाई कार्यलाई सम्मान र विद्यार्थीहरुमा सन्देश प्रवाह गराउने उदेश्यले सरसफाइकर्मीलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल सुवेदीले जानकारी दिनुभयो ।

Advertisement

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले विश्वभर प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउँदै हरेक घरबाट फोहोरको बर्गीकरण गरेर संकलन र व्यवस्थापनको कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले फोहोर व्यवस्थापनमा सरसफाइकर्मीको महत्वपूर्ण भूमिका रहने बताउँदै उनीहरुको सम्मानले फोहोर व्यवस्थापन कार्यमा गरेको योगदानको उचित कदर भएको बताउनुभयो ।


विद्यालयका संस्थापक निर्देशक सुवेदीले विद्यार्थीहरुमा फोहोर बर्गीकरणको सन्देश प्रवाह र सरसफाइकर्मीको प्रोत्साहनका लागि सम्मान कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक यामबहादुर दमैले हरेक घरबाट कुहिने, नकुहिने र जोखिमपूर्ण फोहोरलाई बर्गीकरण गरि संकलन गर्ने व्यवस्था हुन सकेमा फोहोरको उचित व्यवस्थापन संगै फोहोरबाट आम्दानी समेत गर्न सकिने बताउनुभयो । कार्यक्रम विद्यालयका प्रिन्सिपल सुवेदीको अध्यक्षता, अतिरिक्त क्रियाकलाप संयोजक गौतमको स्वागत र प्राज्ञिक सल्लाहकार जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० जेष्ठ २२, सोमबार १०:५९

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० जेष्ठ २२, सोमबार १०:५९

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० जेष्ठ २२, सोमबार १०:५९

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP