२०८३ भाद्र २
August 18, 2026, Tuesday

नागरिकता विधेयकबारे फैलिएका भ्रम चिर्न सचेतना फैलाउँदै कीर्तिमानी आरोही निर्मल पूर्जा

Advertisement

काठमाडौं : कीर्तिमानि पर्वत आरोही निर्मल पुर्जाले सरकारले हालै जारी गरेको नागरिकता विधेयकको पक्षमा वकालत गरेका छन् । उनले सामाजिक संजाल ट्वीटर मार्फत अभियान नै चलाएर नागरिकता विधेयकको पक्षमा उभिन र यसलाई पारित गराउन आग्रह गरेका हुन् ।

“नेपाल सरकारले गैरआवासीय नेपालीलाई कानुनी नागरिकता दिने नयाँ नागरिकता विधेयक ल्याएको थियो । गैरआवासीय नेपालीलाई पूर्ण आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू अभ्यास गर्न अनुमति दिने यस कानुनमाथि सर्वोच अदालतले अन्तरिम आदेश जारी गरेको छ,” उनले भनेका छन्, “यो नयाँ विधेयकले अहिले र भविष्यमा नेपालको अर्थतन्त्रलाई बढावा दिनेछ । एनआरएनको लगानीमार्फत मुलुकमा लगानी वृद्धि तथा पर्यटनको वृद्धि हुनेछ र उच्च दक्ष रोजगारी सिर्जना गर्दै देशमा समृद्धि आउनेछ।”

भूतपूर्व गुर्खा सैनिक पुर्जाले सबैभन्दा छोटो अवधि अर्थात् १९० दिनमा सबै ८,००० मिटर अग्ला हिमालहरू आरोहण गरेर पर्वतारोहणमा इतिहास रचेका थिए जसकारण उनी संसारभर प्रसिद्ध बनेका छन् ।

सामाजीक संजाल मार्फत अभियान चलाउदै गर्दा उनले भनेका छन् “यो मेरो बारेमा होइन, यो सकारात्मक परिवर्तन सिर्जना गर्न मेरो आवाज प्रयोग गर्ने बारे हो । म भाग्यमानी छु कि अवसर नपाएका मानिसहरूको तर्फबाट आवाज राखिदिन म सँग यो प्लेटफर्म छ ।”

त्यस्तै पुर्जाले सर्वोच्च अदालतलाई नेपाल सरकारसँग मिलेर विदेशमा र नेपालमा रहेका नेपालीको जीवन राम्रो बनाउन आग्रह गरेका छन् । “सँगै मिलेर काम गरेर लगानी, दक्ष रोजगारीका अवसर, कूटनीतिक, शैक्षिक र वित्तीय अवसरहरू थप गर्न सकिन्छ,” उनले भनेका छन्।

स्वदेशमा पैसा पठाउने गोरखाली लगायत विदेशमा बस्ने नेपालीहरूका लागि नागरिकता विधेयक खुसीको खबर भएको बताउदै यस कानुनलाई कार्यनयनमा ल्याउन पुर्जाले सबैलाई आग्रह गरेका छन्।

हाल नेपालको कुल गार्हस्थ उत्पादनको ३०५ एनआरएनहरूले पठाउने रेमिटेन्स बाट आउने र नेपालमा बस्ने ५०५ले विदेशमा रहेका आफन्तहरूबाट पैसा प्राप्त गर्छन् जस्ता तथ्य प्रस्तुत गर्दै सरकारले कानुन मार्फत गैरआवासीय नेपालीहरुको आवाज सुन्न भनेका छन्।

“विश्वभर रहेका गैरआवासीय नेपालीलाई नागरिकता दिनुले स्वदेशमा आउने पैसा र लगानीमा बृद्धि हुनुका साथै स्वदेशमा रहेका नेपालीको जीवनस्तरमा सुधार आउनेछ । त्यसैले म नेपाल सरकारको नयाँ विधेयकका फाइदाहरू पहिचान गरी त्यसविरुद्धको अन्तरिम आदेश खारेज गर्न सर्वोच्च अदालतलाई आग्रह गर्दछु,” उनले भनेका छन्।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP