२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

Advertisement

(105) Chhantyal Culture Documentary | Gurja Myagdi | गुर्जाका छन्त्याल समुदायको कला संस्कृति वृत्तचित्र – YouTube

Advertisement

छन्त्याल समुदायको कला, संस्कृति, रहनसहन र जीवनशैलिलाई वृत्तचित्रमा समावेश गरिएको छ । कार्यक्रममा नेपाल छन्त्याल संघ म्याग्दीका सचिब मनबहादु छन्त्यालले वृत्तचित्र सार्वजनिक गर्नुभएको थियो । वृत्तचित्र सार्वजनिक गर्दै उहाँले आधुनिकताको प्रभाबले छन्त्याल समुदायको कला संस्कृति समेत हराएर जाने जोखिम बढीरहेको अवस्थामा वृत्तचित्रले नयाँ पुस्तालाई पुख्र्यौली संस्कृतिको बारेमा सुसुचित गराउने बताउनुभयो ।

उहाँले आगामी दिनमा समग्र जिल्लाभरका छन्त्याल समुदायको कला र संस्कृति संगै भाषा र जनजिवनलाई समेत उजागर गर्ने गरि वृत्तचित्र निर्माण गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगरले नेपालको अल्पसख्ंयक जातीको रुपमा सुचिकृत छन्त्याल समुदायको हराउँदो कला, संस्कृतिको संरक्षणका लागि यस बर्ष वृत्तचित्र निर्माण संगै उनीहरुलाई मौलिक भेषभुषा समेत सहयोग गरिएको बताउनुभयो ।

उहाँले स्रोत सिमित हुँदा दुर्गम बस्ती गुर्जा गाउँलाई प्राथमिकता दिएर उक्त कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन पहल गरिने बताउनुभयो । म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र सचिब अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० असार ४, सोमबार १७:०८

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० असार ४, सोमबार १७:०८

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० असार ४, सोमबार १७:०८

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP