२०८३ बैशाख १९
May 2, 2026, Saturday

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

Advertisement

(105) Chhantyal Culture Documentary | Gurja Myagdi | गुर्जाका छन्त्याल समुदायको कला संस्कृति वृत्तचित्र – YouTube

Advertisement

छन्त्याल समुदायको कला, संस्कृति, रहनसहन र जीवनशैलिलाई वृत्तचित्रमा समावेश गरिएको छ । कार्यक्रममा नेपाल छन्त्याल संघ म्याग्दीका सचिब मनबहादु छन्त्यालले वृत्तचित्र सार्वजनिक गर्नुभएको थियो । वृत्तचित्र सार्वजनिक गर्दै उहाँले आधुनिकताको प्रभाबले छन्त्याल समुदायको कला संस्कृति समेत हराएर जाने जोखिम बढीरहेको अवस्थामा वृत्तचित्रले नयाँ पुस्तालाई पुख्र्यौली संस्कृतिको बारेमा सुसुचित गराउने बताउनुभयो ।

उहाँले आगामी दिनमा समग्र जिल्लाभरका छन्त्याल समुदायको कला र संस्कृति संगै भाषा र जनजिवनलाई समेत उजागर गर्ने गरि वृत्तचित्र निर्माण गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगरले नेपालको अल्पसख्ंयक जातीको रुपमा सुचिकृत छन्त्याल समुदायको हराउँदो कला, संस्कृतिको संरक्षणका लागि यस बर्ष वृत्तचित्र निर्माण संगै उनीहरुलाई मौलिक भेषभुषा समेत सहयोग गरिएको बताउनुभयो ।

उहाँले स्रोत सिमित हुँदा दुर्गम बस्ती गुर्जा गाउँलाई प्राथमिकता दिएर उक्त कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन पहल गरिने बताउनुभयो । म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र सचिब अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० असार ४, सोमबार १७:०८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० असार ४, सोमबार १७:०८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० असार ४, सोमबार १७:०८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP