२०८३ असार १
June 15, 2026, Monday

मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट

Advertisement

म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा २ करोड ४६ लाखले बढि हो ।

Advertisement

उपाध्यक्ष खत्रीले चालुतर्फ २८ करोड ३१ लाख ६१ हजार ७ सय९ ६३।२०० प्रतिशत र पुँजीगततर्फ १६ करोड ४८ लाख ५० हजार ९ ३६।८०० प्रतिशत बजेट प्रस्तुत गर्नुभएको हो । सवैभन्दा वढि बजेट सामाजिक विकासतर्फ २२ करोड ५९ लाख विनियोजन भएको छ ।

त्यस्तै पूर्वाधार विकासतर्फ ११ करोड ३९ लाख, आर्थिक विकासतर्फ २ करोड ४६ लाख ५० हजार, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रतर्फ १ करोड ४८ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिकतर्फ ६ करोड ७५ लाख ५ हजार ७ सय रुपैयाँ बेजट विनियोजन भएको छ ।
पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरउन्नति, सुरुक्षित भवन आवास तथा शहरी विकास, सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।

सामाजिक विकासतर्फ शिक्षामा नेपाल सरकारको सशर्त अनुदार र गाउँपालिकाबाट छुट्टै विनियोजन गरि १८ करोड ६९ लाख ५० हजार बजेट विनियोजन भएको छ । त्यस्तै स्वास्थ्यमा योग अभ्यास कक्षा संचालन, सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ्य, बालबालिकाको पोषणमा सुधार, उपाध्यक्ष सुत्केरी उपहार कार्यक्रम, औसधि खरिद लगायत गरि सशर्त अनुदान सहित २ करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । विद्यालय, युवा क्लव तथा विभिन्न संघ संस्थाका भवन निर्माण तथा मर्मत सम्भारका लागि २७ लाख तथा विद्यालयका विभिन्न कार्यक्रमका लागि शर्सत अनुदान समेत गरि १७ करोड ४९ लाख विनियोजन भएको छ ।
खानेपानी तथा सरसफाईका लागि रु ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषितर्फ ८६ लाख र पशुपंक्षी विकासतर्फ ३१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले आर्थिक बर्ष २०८०÷०८१ का लागि पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाले योजना बैँक तयार पारि कार्यान्वयन गर्ने नीति लिएको छ । विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी बनाउने, उपभोक्ता समितिबाट सम्पन्न हुने योजनाको कामलाई सरल बनाउन योजना सफ्टवेयरको व्यवस्था गर्ने लगायतका नीति अवलम्वन गरिने भएको छ । कृषि, पशुपालन, पर्यटन, सिँचाई, सडक, पुल, भवन, शिक्षा, स्वास्थ्य, खानेपानी, युवा तथा खेलकुदको विकासमा महत्वपूर्ण उपलव्धी हाँसिल हुनेगरि कार्यक्रम निर्माण गरिएको छ ।

अध्यक्ष रोकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष खत्रीद्वारा प्रस्तुत बजेट गाउँसभाले विहिबारनै पारित गरेको छ । त्यस्तै गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेलले जानकारी दिनुभयो । गाउँसभा पालिका अध्यक्ष रोकाको अध्यक्षता, जिल्ला समन्वय समिति म्याग्दीकी उपप्रमुख दिल कुमारी खत्रीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत पौडेलको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP