२०८३ श्रावण ९
July 25, 2026, Saturday

राष्ट्रियस्तरको बास्केटबलको उपाधी जित्ने खेलाडीलाई ग¥यो अन्नपूर्णले सम्मान

Advertisement

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तर पालिका मेयर कप बास्केटबल प्रतियोगिताको उपाधी जित्ने खेलाडीलाई भव्य सम्मान गरेको छ। कीर्तिपुर नगरपालिका काठमाण्डौले आयोजना गरेको अन्तरपालिका मेयर कप अठार बर्षको यू–१८० पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागि भएर राष्ट्रियस्तरको उपाधी जित्ने खेलाडीलाई मंगलबार बेनीमा सम्मान गरिएको हो ।

अन्नपूर्ण गाउँपालिकाले विजेता खेलाडीलाई नगद १ लाख पाचँ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र, दोसल्ला र फूलमालाले सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । बेनी नगरपालिका मेयर सुरत केसी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन ९भरत० उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, अन्नपूर्ण गाउँपालिका राजनीतिक दलका अगुवा खड्ग गिरी, कृष्ण बरुवालले सामुहिक रुपमा विजेता खेलाडीलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।

असार ९ गते भएको फाईनलमा आयोजक किर्तिपुर नगरपालिकालाई पराजित गर्दै मेयर कपको उपाधी अन्नपूर्ण गाउँपालिकाले जितेको थियो । प्रतियोगितामा बिजेता अन्नपूर्णले एकलाख नगद पुरस्कारसहित ट्रफी जितेको थियो ।

अर्जुन विकको कप्तानीमा सहभागि भएको अन्नपूर्णको टिममा रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा सहभागि टिमको प्रशिक्षकमा सुमन तिलिजा पुन र टिम ब्यवस्थापकमा बिसन राना रहनुभएको थियो । प्रतियोगितामा सहभािग हुनका लागि अन्नपूर्ण गाउँपालिकाले रु। एक लाख बजेट सहयोग गरेको थियो । स्वदेश तथा विदेशमा रहनुभएका अन्नपूर्णबासीले आर्थिक सहयोग गर्नुभएको थियो ।

राष्ट्रियस्तरको उपाधी जितेर अन्नपूर्णसंगै म्याग्दीको नाम राख्न सफल खेलाडीलाई सम्मान ब्यक्त गर्दै मेयर केसीले खेल क्षेत्रमा अनुशासनलाई संगसंगै लिएर अघि बढ्न खेलाडीलाई आग्रह गर्नुभयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष भरत पुनले आगामी दिनमा हुने राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा पालिकाबाट खेलाडी सहभागि गराउनका सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले खेलकुद क्षेत्रको पूर्वाधार र खेलाडीको क्षमता विकासका लागि आगामी आर्थिबर्षमा ९० लाख बजेट विनियोजन गरेको समेत जानकारी दिनुभयो । उहाँले खेलकुदको पूर्वाधारतर्फ ५० लाख र विद्यालयस्तरको राष्ट्रपति कप र अध्यक्ष कप लगायतको प्रतियोगिताको लागि ४० लाख विनियोजन गरेको उल्लेख गर्नुभयो । त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले विजेतला खेलाडीलाई बद्याई दिदै जिल्लाको खेलकुद क्षेत्रको विकास लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

सम्मान कार्यक्रममा टिम ब्यवस्थापक बिसन रानाले अन्नपूर्ण गाउँपालिकासंगसंगै स्वेदश तथा विदेशमा रहेका दाजुभाईको सहयोगले उपाधी जित्न सफल भएको बताउनुभयो। कार्यक्रममा गाउँपालिकाका सल्लाहकार खड्ग गिरीले विजेता खेलाडीलाई नगद रु १० हजार रुपैयाँले सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा सल्लाकार गिरी र पूर्व वडाअध्यक्ष कृष्ण बरुवालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष दिवाकुमारी पुनको स्वागत, प्रशासकीय अधिकृत सुवेदीको संचालनमा भएको सम्मान कार्यक्रममा विजेता खेलाडीले मेयर कप प्रतियोगिताको ट्रफीलाई अन्नपूर्ण गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP