२०८३ असार १०
June 24, 2026, Wednesday

जलजलामा विद्यार्थीबीच चित्रकला प्रतियोगिता, न्यू होराइजन आवासीय प्रथम

जलजला गाउँपालिकामा बालबालिकाबीच चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । १६ औं गणतन्त्र दिवसका अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुकाबीच सोमबार पालिका केन्द्रमा आयोजना गरिएको अन्तिमचरणको प्रतियोगितामा जलजला ३ पर्वत बेनी स्थित न्यू होराइजन आवासीय माविका छात्रा कञ्चन पुर्जा पुनले प्रथम स्थान हासिल गर्नुभएको छ ।

Advertisement

यसैगरी अमृत आदर्श बोर्डिङ जलजला ३ का एभ्रील हमाल द्धितीय, बेनी बजार प्रावी पर्वत बेनीकी छात्रा मनिषा कुमारी पण्डितले तृतीय स्थान हासिल गर्नुभयो । प्रतियोगितामा लुङ्दी निमावि जलजला ४ का सञ्जय परियार, अमृत आदर्शका गरिमा कार्की र न्यू होराइजनका छात्रा नदिया रोकाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको पालिकाका शिक्षा शाखा अधिकृत त्रिविक्रम आचार्यले जानकारी दिनुभयो ।

Advertisement

प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रमणपत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगिताको पहिलो चरणमा प्रत्येक विद्यालयबाट तिनजनाका दरले ५४ जना विद्यार्थी छनौंट भएका थिए । दोस्रो चरणको प्रतियोगिताबाट छनौंट भएका १० प्रतियोगी विद्यार्थीकाबीच पालिका केन्द्रमा सोमबार अन्तिमचरणको प्रतियोगिता गरिएको शिक्षा शाखाको प्राविधिक सहायक देवि रिजालले बताउनुभयो ।

दोस्रो चरणबाट छनोटमा परेका उत्कष्ट १० प्रतियोगीले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए । स्थलगतरुपमै कोरिएका चित्रलाई निर्णायकले मूल्याङ्कनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानका रुपमा छनौंट गरिएको शिक्षा शाखा अधिकृत आचार्यले बताउनुभयो । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गरेर सिर्जनशिलताको विकास गर्नका लागि प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ ।

चित्रकला प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । यस्ता प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिँदै बालबालिकालाई सिर्जनशिल बनाउनुपर्ने उहाँको भनाइ थियो । चित्रकला प्रतियोगिताले बालबालिकाको व्यक्तित्व विकासका साथै पढाईमा पनि सकरात्मक प्रभाव पार्ने पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।


Related News

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
  • २०८३ असार ९, मंगलवार १६:००

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट...

बेनी नगरपालिकाको बजेट ७५ करोड
बेनी नगरपालिकाको बजेट ७५ करोड
  • २०८३ असार ९, मंगलवार १५:५४

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ ।...

TOP