२०८० आश्विन १३
September 30, 2023, Saturday

जलजलामा विद्यार्थीबीच चित्रकला प्रतियोगिता, न्यू होराइजन आवासीय प्रथम

जलजला गाउँपालिकामा बालबालिकाबीच चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । १६ औं गणतन्त्र दिवसका अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुकाबीच सोमबार पालिका केन्द्रमा आयोजना गरिएको अन्तिमचरणको प्रतियोगितामा जलजला ३ पर्वत बेनी स्थित न्यू होराइजन आवासीय माविका छात्रा कञ्चन पुर्जा पुनले प्रथम स्थान हासिल गर्नुभएको छ ।

Advertisement

यसैगरी अमृत आदर्श बोर्डिङ जलजला ३ का एभ्रील हमाल द्धितीय, बेनी बजार प्रावी पर्वत बेनीकी छात्रा मनिषा कुमारी पण्डितले तृतीय स्थान हासिल गर्नुभयो । प्रतियोगितामा लुङ्दी निमावि जलजला ४ का सञ्जय परियार, अमृत आदर्शका गरिमा कार्की र न्यू होराइजनका छात्रा नदिया रोकाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको पालिकाका शिक्षा शाखा अधिकृत त्रिविक्रम आचार्यले जानकारी दिनुभयो ।

Advertisement

प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रमणपत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगिताको पहिलो चरणमा प्रत्येक विद्यालयबाट तिनजनाका दरले ५४ जना विद्यार्थी छनौंट भएका थिए । दोस्रो चरणको प्रतियोगिताबाट छनौंट भएका १० प्रतियोगी विद्यार्थीकाबीच पालिका केन्द्रमा सोमबार अन्तिमचरणको प्रतियोगिता गरिएको शिक्षा शाखाको प्राविधिक सहायक देवि रिजालले बताउनुभयो ।

दोस्रो चरणबाट छनोटमा परेका उत्कष्ट १० प्रतियोगीले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए । स्थलगतरुपमै कोरिएका चित्रलाई निर्णायकले मूल्याङ्कनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानका रुपमा छनौंट गरिएको शिक्षा शाखा अधिकृत आचार्यले बताउनुभयो । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गरेर सिर्जनशिलताको विकास गर्नका लागि प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ ।

चित्रकला प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । यस्ता प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिँदै बालबालिकालाई सिर्जनशिल बनाउनुपर्ने उहाँको भनाइ थियो । चित्रकला प्रतियोगिताले बालबालिकाको व्यक्तित्व विकासका साथै पढाईमा पनि सकरात्मक प्रभाव पार्ने पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।


Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० असार १२, मंगलवार १६:३६

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० असार १२, मंगलवार १६:३६

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० असार १२, मंगलवार १६:३६

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP