२०८३ भाद्र २
August 18, 2026, Tuesday

७५ नाघेका जेष्ठ नागरिकलाई लौरो र थर्मस उपहार


म्याग्दीको बेनी नगरपालिका–९,घतानका ज्येष्ठ नागरिकलाई लौरो र थर्मस वितरण गरिएको छ। वडाभित्रका विभिन्न बस्ती र घरदैलोमा पुगेर ७५ बर्ष नाघेका १ सय ३० जना ज्येष्ठ नागरिकलाई जनही १ थानका दरले लौरो र थर्मस वितरण गरिएको हो । जेष्ठ नागरिकको ज्ञान, सिप, अनुभव आदान प्रदान तथा समस्याका बारेमा जानकारी लिने अभियान अन्तरगत भेटघाट तथा सहयोग हस्तान्तरणमा वडा अध्क्ष चक्र केसी, सदस्यहरू झलक विक, गंगा पूरी, शारदा विक र वडा सचिव रमेश जिसीले उक्त सामग्री प्रदान गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा जेष्ठ नागरिकले राज्यबाट पाउने सेवा सुविधा, हक अधिकारका अझै अपुग भएपनि वडाले हरेक गतिविधिमा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने वडा अध्यक्ष केसीले बताए ।‘जेष्ठ नागरिकले समाजमा सभ्यता र संस्कार सिकाउनुभएको छ,‘हामीले सिमित बजेटबाट नियमित उहाँहरुसँग जोडिने प्रयास गरेका छौ’ वडा अध्यक्ष केसीले भने ।उनले जेष्ठ नागरिकको अनुभव र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमा त्यसले समाज विकास र सुधारमा महत्वपूर्ण भुमिका पुग्ने भएकाले आगामी दिनमा उक्त कार्यक्रमलाई समेत प्राथमिकता दिने बताए ।
वडाभित्र सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकको संख्या धेरै भएकाले यसपटक ७५ बर्ष नाघेकालाई वितरण गरिएको र आगामी बजेटमा ६० देखि ७४ बर्ष उमेरकालाई समेत विभिन्न कार्यक्रमहरुमार्फत समेट्ने बताए ।सहयोग हस्तान्तरण कार्यक्रममा ढोल्टानकी ८७ बर्षिया फिस्टी शाहीले बुढेशकालमा पाएको लौरो र थर्मससँगै भत्ता समेत घरदैलोमै आएर उपलब्ध गराउन अनुरोध गरिन् । उनीजस्तै ८० बर्षका डण्डे विक, तोरिपानीका ९३ बर्षिय चुडामण्री उपाध्याय, ९३ बर्षिय टेकबहादुर बानियाँले जेष्ठ नागरिकलाई भजन कृतन गर्ने मनोरञ्जन स्थल निर्माण गर्न समेत अनुरोध गरेका थिए । टोलटोलमा पुगेर सहयोग हस्तान्तरण गर्दा जेष्ठ नागरिक निकै उत्साहित देखिएका थिए ।

Advertisement

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP