२०८३ भाद्र २
August 18, 2026, Tuesday

मोना अष्ट्रेलियाले म्याग्दीको पर्यटन प्रबद्धन गर्न फोटो प्रगियोगिता गर्दै

म्याग्दी ।
म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति अष्ट्रेलियाले म्याग्दी जिल्लको पर्यटन प्रबद्धन गर्नका लागि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

Advertisement

मोनाले फेसबूक ग्रुप मार्फत म्याग्दीको पर्यटकीय स्थलहरुको फोटो प्रर्दशन गर्ने प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार फोटो प्रतियोगितामा सहभागीले जिल्लाका कुनैपनि पर्यटकीय स्थल वा उक्त स्थानले पर्यटन सम्भावनाको बारेमा कम्तीमा तिस शब्दको क्याप्सन सहित आफ्नो ठेगाना र नाम उल्लेख गर्नुपर्नेछ ।

लाईक र कमेन्टको आधारमा मुल्याङन गरिने प्रतियोगितामा प्रथम हुनेले रु २० हजार, द्धितिय हुनेले रु १० हजार र तृतिय हुनेले रु ५ हजारको साथमा प्रमाण पत्र र ट्रफी पाउनेछन् ।

प्रतियोगिले साउन ६ गतेदेखि ९ गते सम्म मात्र फोटो ग्रुपमा पोष्ट गर्न पाहिने पौडेलले बताउनुभयो । प्रतियोगितामा सहभागी म्याग्दी जिल्लामा बसोबास गर्ने हुनुपर्नेछ । उक्त फोटो ःMONA AUSTRALIA By Myagdeli for myagdeli FACEBOOK group ग्रुपमा पोष्ट गर्नुपर्नेछ ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP