Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

एनआरएनए जापानकाे केन्द्रीय सदस्यमा रमेशराज जैसीकाे उम्मेदवारी

(टाेकिया जापान ) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) जापानकाे केन्द्रीय सदस्यमा रामेशराज जैसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

जैसीले आगामी कार्यकाल २०२३ देखि २०२५ सम्मका लागि केन्द्रीय सदस्यीय पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

झण्डै १५ बर्षदेखि जापानमा बसोबास गर्दै आएका जैसीले जापानका विभिन्न व्यवसाय र सामाजिक गतिविधिमा रहेर काम गर्दै आएकाे बताएका छन् । जापानमा श्रमिक देखि दुखमा परेका व्यक्तिहरुकाे गुनासा सुन्न र एनआरएन मार्फत दुतावाससँग सहजिकरण गर्ने कार्ययाेजना ल्याउन समुहमा जुटने बताउछन् ।
हाल पर्वत समाज जापनका सहकाेषाध्यक्ष समेत रहेका रमेशराज जैसीले नेपालमा आर्थिक अवस्था कमजोर भएका अशक्त नागरिकलाई सहयाेग गर्दै अाइरहेका छन् । उनले एनआरएन केन्द्रीय सदस्यमा विजयी भइ समाजिक र सहयाेगी अभियानलाई तिब्रता दिने सुनाए । आगामी जुलाई ३० तारिखमा हुने निर्वाचन मार्फत एनआरएन जापानमा झण्डै दुई दर्जन पदाधिकारी रहने प्रावधान छ ।

Advertisement

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!