२०८३ श्रावण ८
July 24, 2026, Friday

मोनाको नयाँ नेतृत्वकालागी घारका ददीवल खड्काको उम्मेदवारी

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आगामी असोज २६–२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पा“चौं महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन ।

Advertisement

अन्नपूर्ण गाउ“पालिका, ६ घार पुख्यौली थलो भै लोमो समयदेखी जापानलाई कर्मथलो बनाउ“दै आएका सफल ब्यवसायी ददीवल खड्काले मोनाको नेतृत्व गर्न अगाडी सरेका हुन । मृदुभाषी, सरल जीवनशैली र सहयोगीमनका धनी ददीवल खड्का शैक्षिक रुपमा दक्ष, ब्यवसायीक रुपमा सफल र सर्वस्वीकार्य नेतृत्व क्षमताको कारण मोनाको आगामी नेतृत्वकालागी सर्वस्वीकार्य हुने ठानिएको छ ।

‘हो, मैले यस पटक मोनाको अन्र्तराष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा दावी गर्दैछु । म सुनिने होईने देखिने र कुरा हैन, काम गरी मोनाकर्मी र जिल्लावासीलाई सा“च्चै संभव छ भनी देखाउन चाहन्छु’ फोनमा कुरा गर्दै मोनाका वहालवाला बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले भने, ‘संस्थाको उद्देश्य प्राप्त गर्न सोही अनुसारको काम गरिनु पर्ने रहेछ र काम गर्नकालागी संस्थाको नेतृत्व चाहिने रहेछ । त्यसैले मोनाकर्मीसंग विगत भुलेर भविश्य खोजौं, म परिवर्तन गरी देखाउ“छु ।’

‘आर्थिक प्रेरणा र सामाजिक त्याग मार्फत सार्वभौमिक एकता’ भन्ने मुल आदर्श वोकेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) पछिल्ला केही वर्षदेखी राजनैतिक खिचातानी र दाउपेचको शिकार बन्न पुग्दा संस्थाको उद्देश्य र जिल्लाबासीको उपेक्षित काम गर्न अक्षम आरोप लाग्न थालेको छ ।

जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पु“जी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समवन्वय परिषद गठन गरेको थियो । पुनकै अगुवाईमा एनआरएनएको तेस्रो विश्व सम्मेलमा भाग लिन काठमाण्डौ आएका र दशैं मान्न पुख्यौली थलो आएका ब्यक्तिहरु भै परिषद गठन भएको थियो ।

०६६ फागुन ५ गते जिल्ला प्रशासन कार्यालयमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको नाममा दर्ता भएको हो । संस्थापक प्रकाश पुन (ताकम, धारापानी)बाहेक मोनाको हालसम्म चार जना अध्यक्ष बनेका छन । पहिलो अधिवेशनबाट मराङका योगेन्द्र केसी (बेलायत), दोस्रो अधिवेशनबाट ताकमका चक्रबहादुर थापा (न्युजिल्याण्ड), तेस्रो अधिवेशनबाट दरवाङका ओमनारायण जुग्जाली र चौंथो अधिवेशनबाट गुर्जाका अमर छन्त्याल (अमेरिका) अध्यक्ष बनेका छन ।

मोनाको हालसम्मका सवै नेतृत्व भेगिए रुपमा पश्चिम म्याग्दीखोला भेगले नेतृत्व गर्दै छ । मोना गैह्राजनैतिक, भौगोलिक र जातिय संस्था भएकोले सवै भुगोल, क्षेत्र, जातिय समुदायबाट आलोपालो नेतृतव आवश्यक रहेको आवाज उठेको छ । चौंथो महा“धिवेशनमा त राजनिती जातियताबढी हावी हु“दा मोनाको औचित्य र क्षमतामा प्रश्न उठ्ने गरेको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP