२०८२ माघ ८
January 21, 2026, Wednesday

म्याग्दीमा ३० प्रतिशतले गरे स्वास्थ्य बिमा

आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्य सेवाको पहुँँचमा ल्याउने उद्देश्यले सरकारको सामाजिक स्वाथ्यविकास बोर्डमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम म्याग्दीमा प्रभावकारी बन्दै गएको छ ।

Advertisement

भौगोलिक कठिनाइ, गरिबी, नागरिकको चेतनास्तरलगायत चुनौतीका बाबजुद पनि बिमा कार्यक्रममा आमनागरिकको आकर्षण देखिएको स्वास्थ्य बिमा बोर्ड म्याग्दीका दर्ता अधिकारी उपेन्द्र बरालले जानकारी दिए ।

Advertisement

२०७३ पुस महिनादेखि सुरु गरिएको बिमा कार्यक्रमअन्तर्गत म्याग्दीमा हाल सम्म ३२ हजार २४९ जनाले स्वास्थ्य बिमा गराएका छन् । बिमा लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन् ।
छ स्थानीय तह रहेको म्याग्दीमा बेनी नगरपालिकामा ५ हजार १४, मंगला गाउँपालिकामा १ हजार ५९२, मालिका गाउँपालिकामा १ हजार ८७३, धवलागिरी गाउँपालिकामा ९३४, रघुगंगा गाउँपालिकामा १ हजार ६०९ र अन्नपूर्ण गाउँपालिकामा ९७८ घरपरिवारले स्वास्थ्य बिमा गरेको दर्ता अधिकारी बरालले बताए ।

म्याग्दीमा दरबाङ स्वास्थ्य केन्द्र र बेनी अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिन सकिन्छ । तर दरबाङमा भने स्वास्थ्य बिमा प्रभावकारी नभएको स्थानीयले गुनासो गरेका छन् । प्रत्येक वडामा दर्ता सहयोगी हुने भएतापनी अझै ७ वटा वडामा दर्ता सहयोगी नभएका कारण स्वास्थ्य बिमा गर्न नागरिकलाई असहज भएको छ ।

बरालले भने, ‘नियमित डायोलोसिस गराईरहेका, ख बर्गको अपाङ्गता भएका व्यक्तहरु, एचआभी संक्रमित भएका र कुष्ठ रोगीका लागि निशुल्क स्वास्थ्य बिना हुन्छ, भने ११ सय ३३ प्रकारका औषधिहरु समेत निशुल्क पाहिन्छ ।’ तर यसको प्रचार प्रसार नहुदा नागरिकले सहज सुविधा लिन सनेका छैनन् ।

प्रत्येक परिवारमा ५ जनासम्मका लागि २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा थप ४ सय २५ रुपैयाँ शुल्क लाग्नेछ । बिमा गरेपछि एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिनेछ । तर, त्यस्तो सेवा भने बोर्डले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिन्छ ।

बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ ।

कार्यक्रमबाट बिमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउन सकिन्छ ।

Related News

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०८० भाद्र ३, आईतवार १३:२८

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०८० भाद्र ३, आईतवार १३:२८

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
  • २०८० भाद्र ३, आईतवार १३:२८

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...

TOP