आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्य सेवाको पहुँँचमा ल्याउने उद्देश्यले सरकारको सामाजिक स्वाथ्यविकास बोर्डमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम म्याग्दीमा प्रभावकारी बन्दै गएको छ ।
भौगोलिक कठिनाइ, गरिबी, नागरिकको चेतनास्तरलगायत चुनौतीका बाबजुद पनि बिमा कार्यक्रममा आमनागरिकको आकर्षण देखिएको स्वास्थ्य बिमा बोर्ड म्याग्दीका दर्ता अधिकारी उपेन्द्र बरालले जानकारी दिए ।
२०७३ पुस महिनादेखि सुरु गरिएको बिमा कार्यक्रमअन्तर्गत म्याग्दीमा हाल सम्म ३२ हजार २४९ जनाले स्वास्थ्य बिमा गराएका छन् । बिमा लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन् ।
छ स्थानीय तह रहेको म्याग्दीमा बेनी नगरपालिकामा ५ हजार १४, मंगला गाउँपालिकामा १ हजार ५९२, मालिका गाउँपालिकामा १ हजार ८७३, धवलागिरी गाउँपालिकामा ९३४, रघुगंगा गाउँपालिकामा १ हजार ६०९ र अन्नपूर्ण गाउँपालिकामा ९७८ घरपरिवारले स्वास्थ्य बिमा गरेको दर्ता अधिकारी बरालले बताए ।
म्याग्दीमा दरबाङ स्वास्थ्य केन्द्र र बेनी अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिन सकिन्छ । तर दरबाङमा भने स्वास्थ्य बिमा प्रभावकारी नभएको स्थानीयले गुनासो गरेका छन् । प्रत्येक वडामा दर्ता सहयोगी हुने भएतापनी अझै ७ वटा वडामा दर्ता सहयोगी नभएका कारण स्वास्थ्य बिमा गर्न नागरिकलाई असहज भएको छ ।
बरालले भने, ‘नियमित डायोलोसिस गराईरहेका, ख बर्गको अपाङ्गता भएका व्यक्तहरु, एचआभी संक्रमित भएका र कुष्ठ रोगीका लागि निशुल्क स्वास्थ्य बिना हुन्छ, भने ११ सय ३३ प्रकारका औषधिहरु समेत निशुल्क पाहिन्छ ।’ तर यसको प्रचार प्रसार नहुदा नागरिकले सहज सुविधा लिन सनेका छैनन् ।
प्रत्येक परिवारमा ५ जनासम्मका लागि २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा थप ४ सय २५ रुपैयाँ शुल्क लाग्नेछ । बिमा गरेपछि एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिनेछ । तर, त्यस्तो सेवा भने बोर्डले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिन्छ ।
बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ ।
कार्यक्रमबाट बिमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउन सकिन्छ ।
खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने...
सुरेन गुरुङ म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ घराम्दीको खेलाडीहरुले संसारको सातौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र त्यहाँ पुग्ने मौरिस हर्जोग...
म्याग्दी कारागारभित्र रहेका कैदीबन्दीहरुलाई बिजया दशमी तथा दिपावलीको अवसरमा बेनी आवासीय माविले खेलकुद सामाग्री सहयोग गरेको छ । आन्तरिक खेलकुद...