२०८३ असार ४
June 18, 2026, Thursday

बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन

बागलुङमा बुधबारदेखि एघार वर्षपछि पुनः चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुुुन थालेको छ ।  
बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हटेको छ । यातायात व्यवस्था कार्यालय बागलुुङका अनुुसार यसअघि (ए) र (के) वर्ग (दुुई पाङ्ग्रे) को मात्र परिक्षा सञ्चालन हुुने गरेको थियो ।

Advertisement

कार्यालयका प्रमुख पारसिङ थापाले (बि), (सि), (ई,) (एफ), र (जि) वर्ग (चार पाङ्ग्रे) सवारी चालक अनुुमतिपत्रका लागि प्रयोगात्मक परिक्षा शुुरु भएको जानकारी दिनुुभयो । “मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन्,” उहाँले भन्नुुभयो “साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई चारपाङ्ग्रेको ट्रायल परिक्षा दिन पोखरा लगायतका ठाउँमा जानुुपर्ने समस्या हटेको छ ।”

Advertisement

नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि बागलुङमा चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा  हुन सकेको थिएन् । कार्यालयले ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आव्हान गरका थियो ।

प्रतिष्पर्धा मार्फत छनौट भएको धौलागिरी ड्राइभिङ सेन्टर प्रा.ली.सँग सम्झौता गरि बागलुुङ नगरपालिका–१ रामरेखाको ट्रायल सेन्टरलाई दुुई वर्षका लागि भाडामा लिइएको छ । दुुई पाङग्रेको ट्रायल सेन्टर पनि सोही ठाउँमा सञ्चालन हुुदै आएको छ । पहिलो दिन १०७ जनाले चार पाङग्रेको प्रयोगात्मक परिक्षामा सहभागी भएका छन् । भदौ १८ गतेदेखि प्रयोगात्मक परिक्षाको अनलाइन माध्यमबाट आवेदन संकलन गरिएको थियो ।

कार्यालयको आफ्नै जग्गा नभएका कारण निजी कम्पनीले बनाएको संरचना भाडामा लिएको हो । कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गरिएको हो । बुधबार पहिलो पटक १०७ जना प्रयोगात्मक परिक्षामा सहभागी भएका छन् ।

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकेको थिएन् । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ ।

बेनी नगरपालिका–५ बगुुवाखोलाका हरी कार्कीले बागलुुङमा ट्रायल परिक्षा दिन पाउँदा राहत मिलेको बताउनुुभयो । बेनी नगरपालिका–१० का ज्ञानेन्द्र शर्माले पोखरा जान आउदाँ हुुने समय र खर्चको बचत भएको बताउनुुभयो । बागलुुङमा प्रयोगात्मक परिक्षालाई निरन्तरता दिन उहाँहरुले माग गर्नुुभयो ।

प्रयोगात्मक परिक्षाको उद्घाटन गर्नुुहुुदै गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले बागलुङबाट चारपाङग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धवलागिरि क्षेत्र लाभान्वित हुने बताउनुभयो ।

“बागलुङमा परीक्षा सञ्चालन हुँदा कास्की लगायतका कार्यालयमा सेवाग्राहीको चाप घट्ने अपेक्षा गरेका छौ,” उहाँले भन्नुुभयो “यातायात कार्यालयमा बिचौलियाको सहयोग बिनै सेवा लिने वातावरण बनाएर सुुधार गर्ने मन्त्रालयको प्रयासमा सेवाग्राहीहरुले साथ दिनुुपर्छ ।”
मन्त्रालयका सचिव शंकरराज पण्डीतले सेवाको गुुणस्तरीयतामा कडाई गर्न कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिनुुभयो । प्रमुख जिल्ला अधिकारी रोशनीकुुमारी श्रेष्ठले दुुर्घटना न्युुनीकरणका लागि चालकले सडक अनुुशासन पालन गर्नुुपर्ने बताउनुुभयो । बागलुुङ नगरपालिकाका उपप्रमुख राजुु खड्काले बागलुुङमा चार पाङग्रेको प्रयोगात्मक परिक्षालाई निरन्रतता दिन नगरपालिकाले पूूर्ण रुपमा साथ र सहयोग गर्ने बताउनुुभयो । 

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP