बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका–७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमण गरेर बनाएको पर्खामा डोजर लगाएका छन् ।
मेयर केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप खेप्दै आइरहेको अवस्थामा बुधबार सडक मापदण्ड बाहिरको संरचना भत्काउन थालिएको हो । बेनी–अर्थुङे सडकखण्ड अन्तरगत विद्यालयले पैदलमार्ग तथा आपत्कालिन अवस्थामा सवारीसाधन समेत प्रयोग गर्ने मिल्ने संरचनालाई भत्काएर मापदण्ड कायम गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।
‘नगरको डोजर निरन्तर चलिरहेको छ,’सडक अतिक्रमण गरेर बनाइएका संरचना सबै खाली गछौ’ मेयर केसीले भने। महारानीथानमा अतिक्रमित पर्खा हटाउन मुल सडकबाट करिब साढे ८ मिटर कायम भएको बेनी नगरपालिकाले जनाएको छ । नगरपालिकाले पटक–पटक सूचना जारी गरेर अतिक्रमित संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेका संरचनालाई समेत बल प्रयोग गरी हटाउने जनाइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले अनधिकृत संरचना हटाउनको लागि नगरपालिकाले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गर्ने बताउनुभयो । उहाँले बेनीबजार भित्र सडक अतिक्रमण गरेपछि बाटो साँघुरो भई दुर्घटनाको जोखिम बढेकाले थप अतिक्रमित संरचना भत्काउने बताउनुभयो ।
बषौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक–पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा गरेपछि कालिपुल बसपार्क,अस्पतालचोक लगायतका क्षेत्रमा संरचना भत्काइएको छ ।
नगरपालिकाले सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीको सम्झौता म्याद सकिएपछि थप गरेको छैन् । जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिका १५ वटा सटर र टङ्की हटाइएको छ ।
अस्थायी संरचना हटाएका क्षेत्रमा पार्किङस्थल तथासडक विस्तार, ढलान, ढल व्यवस्थापन र नाली निर्माण गरिएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीलाई अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन नगर प्रहरीले सक्रियता देखाएको छ ।
FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...
FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...