२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

मेयर केसीले आफ्नै विद्यालयको पर्खालमा डोजर लगाएर

बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका–७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमण गरेर बनाएको पर्खामा डोजर लगाएका छन् ।

Advertisement

मेयर केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप खेप्दै आइरहेको अवस्थामा बुधबार सडक मापदण्ड बाहिरको संरचना भत्काउन थालिएको हो । बेनी–अर्थुङे सडकखण्ड अन्तरगत विद्यालयले पैदलमार्ग तथा आपत्कालिन अवस्थामा सवारीसाधन समेत प्रयोग गर्ने मिल्ने संरचनालाई भत्काएर मापदण्ड कायम गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।

Advertisement

‘नगरको डोजर निरन्तर चलिरहेको छ,’सडक अतिक्रमण गरेर बनाइएका संरचना सबै खाली गछौ’ मेयर केसीले भने। महारानीथानमा अतिक्रमित पर्खा हटाउन मुल सडकबाट करिब साढे ८ मिटर कायम भएको बेनी नगरपालिकाले जनाएको छ । नगरपालिकाले पटक–पटक सूचना जारी गरेर अतिक्रमित संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेका संरचनालाई समेत बल प्रयोग गरी हटाउने जनाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले अनधिकृत संरचना हटाउनको लागि नगरपालिकाले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गर्ने बताउनुभयो । उहाँले बेनीबजार भित्र सडक अतिक्रमण गरेपछि बाटो साँघुरो भई दुर्घटनाको जोखिम बढेकाले थप अतिक्रमित संरचना भत्काउने बताउनुभयो ।

बषौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक–पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा गरेपछि कालिपुल बसपार्क,अस्पतालचोक लगायतका क्षेत्रमा संरचना भत्काइएको छ ।

नगरपालिकाले सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीको सम्झौता म्याद सकिएपछि थप गरेको छैन् । जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिका १५ वटा सटर र टङ्की हटाइएको छ ।

अस्थायी संरचना हटाएका क्षेत्रमा पार्किङस्थल तथासडक विस्तार, ढलान, ढल व्यवस्थापन र नाली निर्माण गरिएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीलाई अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन नगर प्रहरीले सक्रियता देखाएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP