२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दी कोरला यातायात प्रालिद्धारा आगामी असोज १२ र १३ गते कालिपुलस्थित कवर्ड हलमा आयोजना गर्न लागेको हो । तीन विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष तर्फ प्रतियोगित, ४५ माथिको खुल्ला भेट्रान्स र सि लेभल जिल्लास्तरीय प्रतियोगिता गरिने बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यले बताए ।

Advertisement

प्रतियोगिताको पुरुषको खुल्लामा प्रथम हुनेले ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान २५÷१५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै ४५ माथिको खुल्ला भेट्रान्समा प्रथम हुनेलाई ३० हजार, दोस्रो र तेस्रोले समान २०÷१० हजार भने सि लेभललाई ३० हजार, दोस्रो र तेस्रोले समान २०÷१० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त रहेको आयोजकले जनाएको छ ।

Advertisement

जिल्ला खेलकुद विकास समिति म्याग्दी र म्याग्दी ब्याडमिन्टसंघसँगको सहकार्यमा आयोजित प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । पत्रकार सम्मेलनमा वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी ब्याडमिन्ट संघका अध्यक्ष हिमालय कार्की लगायतको उपस्थिती रहेको थियो ।

प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताए । पत्रकार सम्मेलनको लोकेश पुन मगरले सञ्चालन गरेका थिए ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP