२०८० आश्विन १३
September 30, 2023, Saturday

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दी कोरला यातायात प्रालिद्धारा आगामी असोज १२ र १३ गते कालिपुलस्थित कवर्ड हलमा आयोजना गर्न लागेको हो । तीन विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष तर्फ प्रतियोगित, ४५ माथिको खुल्ला भेट्रान्स र सि लेभल जिल्लास्तरीय प्रतियोगिता गरिने बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यले बताए ।

Advertisement

प्रतियोगिताको पुरुषको खुल्लामा प्रथम हुनेले ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान २५÷१५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै ४५ माथिको खुल्ला भेट्रान्समा प्रथम हुनेलाई ३० हजार, दोस्रो र तेस्रोले समान २०÷१० हजार भने सि लेभललाई ३० हजार, दोस्रो र तेस्रोले समान २०÷१० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त रहेको आयोजकले जनाएको छ ।

Advertisement

जिल्ला खेलकुद विकास समिति म्याग्दी र म्याग्दी ब्याडमिन्टसंघसँगको सहकार्यमा आयोजित प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । पत्रकार सम्मेलनमा वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी ब्याडमिन्ट संघका अध्यक्ष हिमालय कार्की लगायतको उपस्थिती रहेको थियो ।

प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताए । पत्रकार सम्मेलनको लोकेश पुन मगरले सञ्चालन गरेका थिए ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० भाद्र २८, बिहीबार १३:२१

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० भाद्र २८, बिहीबार १३:२१

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० भाद्र २८, बिहीबार १३:२१

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP