Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

बाल कचहरीः बालअधिकार संरक्षणको लागि घोषणापत्र जारी

म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालय र धवलागिरि गाउँपालिका–३ मुना स्थित फलियागाउँमा रहेको धवलागिरि माध्यमिक विद्यालयमा बाल बालिकाहरुको सबालमा छलफलका लागि आयोजित बाल कचहरीबाट बाल अधिकारको रक्षा, संरक्षण र प्रवद्र्धनका लागि घोषणापत्र समेत जारी गरिएको छ ।

Advertisement

सामाजिक विकास कार्यालय, म्याग्दी र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा बाल क्लबको आयोजना, मालिका गाउँपालिकाको समन्वय र संगम म्याग्दीको सहजीकरणमा आयोजित बाल कचहरीमा गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला र विद्यार्थीहरुबिच बालअधिकारको अवस्था, बालमैत्री वातावरणको आबश्यकता र बाल बालिकाको संरक्षणको सन्दर्भमा बहस भएको थियो ।

Advertisement

बाल कचहरीमा भएको वृहत छलफल तथा वहस पश्चात सम्पुर्ण सरोकारवालाहरुले बाल अधिकारका चार स्तम्भहरु बाच्न पाँउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारहरु बालवालिकाको नैंसंगिक अधिकार भएकाले यिनको परिपालना र कार्यान्वयनमा प्रतिवद्धता जाहेर गरेको गुड नेवर्स इन्टरनेश्नल नेपालका जिल्ला परियोजना संयोजक रमेश बुढाले जानकारी दिनुभयो ।

घोषणापत्रमा बाल विवाह, विभेद, बाल मजदुर जस्ता सामाजिक कुस्साकारका विरुद्ध सामुहिक आवाज उठाउन र त्यस्ता घटनाहरुको न्यूनिकरणमा कटिवद्ध भएर लाग्ने प्रतिबद्धता जनाईएको छ । त्यसैगरि विद्यालयमा बाल मैत्री वातावरण निर्माणमा विशेष जोड दिने र विभिन्न भौतिक संरचना निर्माणलाई बाल मैत्री बनाउने, प्रविधिमैत्री शिक्षामा जोड दिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

बाल बचहरीमा सहभागी विद्यार्थीहरुले बालबालिकाहरुको लागि स्थानीय तहले विशेष कार्यक्रमहरु ल्याउन नसकेको, सरकारले विद्यालयमा उपलब्ध गराएको सेनेटरी प्याड गुणस्तरहिन रहेको, बाल विवाह न्यूनिकरण हुन नसकेको, विद्यालयका संरचनाहरु बालमैत्री बन्न नकसकेको, विद्यालयका क्यान्टिनहरुमा पोषणयुक्त परिकार बन्न नसकेको गुनासो गरेका थिए । मालिका गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले महिनावारी सरसफाई व्यवस्थापनका लागि उपलब्ध गराइदै आएको सेनेटरी प्याडको निरन्तर रुपमा गुणस्तर अनुगमन गर्ने र गुणस्तरिय प्याड उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

विहेवारी विस वर्ष पारी भन्ने मुल नारालाई आत्मसाथ गर्दै बाल विवाह जस्तो सामाजिक कुसंस्कार तथा कानुनी अपराधको विरुद्ध एकजुट भएर लाग्न आबश्यक रहेकोमा जोड दिँदै उहाँले शैक्षिक गुणस्तर वृद्धि गर्न भौतिक कक्षा संगसंगै अनलाईन कक्षाहरु र प्रविधि मैत्री शिक्षामा जोड दिने बताउनुभयो । धवलागिरि गाउँपालिकामा आयोजित बाल कचहरीमा गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुन र उपाध्यक्ष रेशम पुन, सामाजिक संयोजक देवेन्द्र रोका लगायतले बाल अधिकारको लागि गाउँपालिकाले आबश्यक नीति निर्माण गर्दै बालमैत्री स्थानीय शासनको अभ्यासमा अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा करिब १ हजार पाँच सय विद्यार्थी पुरस्कृत भएका छन् । राष्ट्रिय बाल दिवस–२०८० को अवसरमा सामाजिक विकास कार्यालय, म्याग्दी र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा दुई वटा पालिकामा रहेका ६७ वटा सामुदायिक विद्यालयमा विद्यालय स्तरका ४११ वटा प्रतियोगिता र १३ वडा वडामा वडा स्तरीय ५२ वटा प्रतियोगिता सम्पन्न गरेर १ हजार ४३९ जना बालबालिका पुरस्कृत भएको गुड नेवर्स इन्टरनेश्नल नेपालका जिल्ला परियोजना संयोजक रमेश बुढाले जानकारी दिनुभयो ।

गल्र्स फस्ट फण्डको आर्थिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा संगम म्याग्दीद्धारा सन २०१९ देखि पालिकाको ४ वटा वडाहरु ताकम, मुना, मुदी र लुलाङमा बालविवाह न्यूनिकरण परियोगना संचालन भैरहेको संगम म्याग्दीकी कार्यक्रम संयोजक खिमा पुर्जाले बताउनुभयो । बालविवाह न्यूनिकरण गर्नका लागि ११ वटा किशोरी र ९ वटा किशोर समुह गठन गरी उनीहरुलाई क्षमता विकास सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन हुदै आएको उहाँले बताउनुभयो । हरेका टोलमा महिला र युवाहरुको १४ समुह गठन गरी उनीहरुलाई आयआर्जन सम्बन्धी विभिन्न विउपुँजी वितरण गरी अहिले उनीहरु आत्मनिर्भर बनेका छन् ।

धवलागिरि गाउँपालिकामा गल्स फष्ट फण्डले समेत दिवसका अवसरमा आयोजित अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोग गरेको थियो । बालदिवसको अवसरमा आयोजित प्रतियोगिताहरुमा ३ हजार ५ सय जना बढी बालबालिकाहरुले सहभागीता जनाएका थिए । दिवसको अवसरमा बालविवाह न्यूनीकरणको बिषयमा जनचेतनामुलक नाटक प्रदर्शन, विद्यालय र वडा स्तरीय चित्रकला, निवन्धलेखन र बतृत्वकला प्रतियोगिता र मैत्रीपूण भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP