२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

सातौँ मुनसन कपको उपाधि अर्थुङ्गे युनाइटेडलाई

द मुनसन युथ क्लब बेनी नगरपालिका ५ र ६ को आयोजनामा संचालन भएको सातौं मुनसन कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि अर्थुङ्गे युनाइटेड युवा क्लबले हात पारेको छ ।

Advertisement

आयोजक मनसुन युवा क्लबलाई सेमी फाइनलमा टाइम ब्रेकरमा हराउदै फाइनलमा पुगेकोे रिभरसाइड युवा क्लबलाई अर्थुङ्गे युनाईटेड युवा क्लबले शुन्यका विरुद्ध ६ गोल गर्दै उपाधि हात पारेको हो । उपाधि संगै नगद ८० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको टिम कोच शिरिष हमालले जानकारी दिनुभयो ।

त्यस्तै एभरग्रीनलाई टाइम ब्रकरमा हराउदै फाइनलमा पुगेको रिबरसाइड उपविजेता सिमित भयो । उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो भने छ । अनुशासित टिममा छाप ए सी लाई नगद १० हजार र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा अर्थुङ्गे क्लबका अजित गुरुङ बेस्ट पिलियर, बेस्ट डिफेन्डर मनसुनका गणेश चोखाल, बेस्ट किपर अर्थुङ्गेका सज्जन बराईली, राइजिङ प्लेयर रिभर साइडका प्रविन मगर र बढी गोलकर्तामा मनसुनका अज्जन बानियाँ घोषित भएका छन् ।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद ४ हजारसहित ट्रफी हात पारे भने अन्य विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ३–३ हजारसहित ट्रफी हात पारेका छन् ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP