२०८३ श्रावण ११
July 27, 2026, Monday

तिजको अवसरमा युवाहरुले गरे सडक मर्मत

म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवाका युवाहरुले तिजको अवसरमा सडक मर्मत गरेका छन् । रानीपौवाका युवाहरुको सक्रियतामा पिप्ले अर्गलाचोकदेखि रानीपौवा सम्मको सडक मर्मत गरेका हुन् ।

Advertisement

सडकमा खसेको ढुङ्गा पन्छाउने, खोल्सामा बाढीले थुपारेको गेगर पन्छाउने र खाल्डाखुल्डी पुर्ने, भल तर्काउने र केही स्थानमा सोलिङको काम गरीएको सुमन पौडेलले जानकारी दिनुभयो ।

बिस जना भन्दा बढी युवाहरुले सडक मर्मतका लागि श्रमदान गरेका थिए । युवाहरुले मर्मत गरेपछि सडकमा सवारी साधन सञ्चालन गर्न र स्थानीयबासीलाई आवत जावत गर्न सहज भएको छ ।

बिरामी बोकेर एम्बुलेन्स समेत आवाजजावत गर्न समेत नसक्ने हुदा पनि स्थानीय सरकार र सम्बन्धीत निकायले बेवास्ता गरेपछि युवाहरुले सडक मर्मत गरेको रानीपौवाका युवा सुजन कार्कीले बताउनभयो ।

बेनी जोमसोमको बैकल्पिक सडकको रुपमा रहेको गलेश्वर–बगैचा–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माछखर्क–बेगखोला सडक खण्डमा बेवास्ता गर्दा स्थानीयलाई समेत समस्या भएको छ ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP