म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवाका युवाहरुले तिजको अवसरमा सडक मर्मत गरेका छन् । रानीपौवाका युवाहरुको सक्रियतामा पिप्ले अर्गलाचोकदेखि रानीपौवा सम्मको सडक मर्मत गरेका हुन् ।
सडकमा खसेको ढुङ्गा पन्छाउने, खोल्सामा बाढीले थुपारेको गेगर पन्छाउने र खाल्डाखुल्डी पुर्ने, भल तर्काउने र केही स्थानमा सोलिङको काम गरीएको सुमन पौडेलले जानकारी दिनुभयो ।
बिस जना भन्दा बढी युवाहरुले सडक मर्मतका लागि श्रमदान गरेका थिए । युवाहरुले मर्मत गरेपछि सडकमा सवारी साधन सञ्चालन गर्न र स्थानीयबासीलाई आवत जावत गर्न सहज भएको छ ।
बिरामी बोकेर एम्बुलेन्स समेत आवाजजावत गर्न समेत नसक्ने हुदा पनि स्थानीय सरकार र सम्बन्धीत निकायले बेवास्ता गरेपछि युवाहरुले सडक मर्मत गरेको रानीपौवाका युवा सुजन कार्कीले बताउनभयो ।
बेनी जोमसोमको बैकल्पिक सडकको रुपमा रहेको गलेश्वर–बगैचा–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माछखर्क–बेगखोला सडक खण्डमा बेवास्ता गर्दा स्थानीयलाई समेत समस्या भएको छ ।
FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...
FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...