२०८३ श्रावण ११
July 27, 2026, Monday

मुख्य मन्त्री पाण्डेद्धारा फापरखेतको पहिरो निरिक्षण, फापरखेत खण्डको वैकल्पिक सडक, पखेर सिम बेलिब्रिज बनाउन माग  


गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षण गर्नुभएको छ ।

Advertisement

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।

पहिरोको निरिक्षण गर्नुभएका मुख्यमन्त्री पाण्डे, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रदेश सांसद हरिबहादुर भण्डारी, बिमला गौचनको टोलीले फापरखेत खण्डमा वैकिल्पिक सडक बनाउने विषयमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ ।

“भूगर्वविद्को टोलीबाट पहिरोको अध्ययन र समाधान गर्न नसकिने अवस्था आएमा वैकिल्पिक सडक सञ्चालनको आवश्यकता देखियो,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो “प्राविधिक टोलीको सुझावको आधारमा उपयुक्त निर्यय लिएर यातायात सञ्चालन सहज र सुरक्षित बनाउछौ ।”

सामान्य बर्षा हुने वित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवत जावत बन्द हुने र ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको छ ।  पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारी साधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।  

“फापरखेतको पहिरोमा रु. छ करोड भन्दा बढी लगानी भएपनि सफल नभएकाले पखेर–सिम जोड्ने बेलिब्रिज बनाएर वैकल्पिक सडक सञ्चालन गर्नुपर्छ,” अध्यक्ष रोकाले भन्नुभयो “फापरखेत–पखेर जोड्ने मोटरेबल पुल बनिसकेको छ । त्यो पुल भन्दा केही माथि अर्को बेलिब्रिज बनाउन हामीले जग्गाको व्यवस्थापन गर्छौ । प्रदेश र संघीय सरकारबाट बजेटको अपेक्षा गरेका छौ ।”

फापरखेतमा करिब १५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बिचमा खनिएको सडक मुनी म्याग्दी नदी छ । सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन् । म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ । सडक देखि करिब दुई सय माथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्र सहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेतको पहिरो मुख्य चुनौति बनेको छ । पहिरोप्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दा वित्तिकै पन्छाउने गरिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री जुग्जालीले बताउनुभयो । वैकल्पिक सडक र म्याग्दी नदीमा मोटरेबल अथवा बेलिब्रिज निर्माणको पहल गर्न मुख्यमन्त्री सहितको टोलीबाट फापरखेतको पहिरोको निरिक्षण गरिएको उहाँले बताउनुभयो ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP