२०८३ भाद्र २
August 18, 2026, Tuesday

म्याग्दीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सुरू फोटो सहित

म्याग्दीको सदरमुकाम बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको बिहिबार भब्य समारोहका बिच उद्घाटन भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा म्याग्दी जेसीजको आथित्यतामा आयोजित सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो ।

Advertisement

सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागि र देशभरका १७८ वटै नेपाल जेसीजका शाखाहरुबाट समेत पर्यवेक्षकलाई बेनीबजारको चोकचोकमा विभिन्न जाति, समुदाय र संघ संस्थाको मौलिक, कला, संस्कृति र परम्पराको प्रदर्शन समेत गरिएको थियो । यूवाहरूको नेतृत्व तथा ब्यक्तित्व विकासमा केन्द्रित रहेको नेपाल जेसीजका विभिन्न जिल्लाबाट आएका प्र्रतिनिधिलाई बजारबासीले भब्य स्वागत गरेका थिए ।

सम्मेलनको अवसरमा म्याग्दी जिल्लालाई चिनाउने चार यूवालाई सम्मान गरिएको थियो । ग्रामिण क्षेत्रमा भेडापालन गर्ने धवलागिरी गाउँपालिका वडा नं ५ मल्कवाङका देवान छन्त्याल, अल्लोको उत्पादनलाई निर्यात गर्ने धवलागिरी गाउँपालिका–७ धारापानीका किरण थापा, चर्चित यूवा गायक मंगला गाउँपालिका–५ अर्मनका प्रकाश दुतराज र बेनी जोमसोम सडकखण्डमा यात्रुलाई उद्धार तथा सहयोग गर्ने पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनलाई नगद, दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । देशभरीबाट आएका जेसीजका प्रतिनिधिको बसाईलाई अविस्मरणीय बनाउन म्याग्दी जिल्लाबासीले विभिन्न माध्यमबाट स्वागत तथा सम्मान गरेका छन् ।

अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिने भएको छ । क्षेत्र ख सम्मेलनमा नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको प्रचार प्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको छ । सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको छ भने सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने सम्मेलन निर्देशक सुविन श्रेष्ठले बताउनुभयो ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराइएको छ । क्षेत्र ख सम्मेलनलाई म्याग्दी जेसीजले म्याग्दी चिनाउने अवसरका रुपमा लिइएको छ । सन् २००७ मा पहिलो पटक क्षेत्र ख सम्मेलन गरेको म्याग्दी जेसीजले नेपाल जेसीजमा छुट्टै पहिचान बनाउन सफल भएको छ । सम्मेलन असोज ३,४ र ५ गतेसम्म हुने छ ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP