Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

म्याग्दीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सुरू फोटो सहित

म्याग्दीको सदरमुकाम बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको बिहिबार भब्य समारोहका बिच उद्घाटन भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा म्याग्दी जेसीजको आथित्यतामा आयोजित सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो ।

Advertisement

सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागि र देशभरका १७८ वटै नेपाल जेसीजका शाखाहरुबाट समेत पर्यवेक्षकलाई बेनीबजारको चोकचोकमा विभिन्न जाति, समुदाय र संघ संस्थाको मौलिक, कला, संस्कृति र परम्पराको प्रदर्शन समेत गरिएको थियो । यूवाहरूको नेतृत्व तथा ब्यक्तित्व विकासमा केन्द्रित रहेको नेपाल जेसीजका विभिन्न जिल्लाबाट आएका प्र्रतिनिधिलाई बजारबासीले भब्य स्वागत गरेका थिए ।

Advertisement

सम्मेलनको अवसरमा म्याग्दी जिल्लालाई चिनाउने चार यूवालाई सम्मान गरिएको थियो । ग्रामिण क्षेत्रमा भेडापालन गर्ने धवलागिरी गाउँपालिका वडा नं ५ मल्कवाङका देवान छन्त्याल, अल्लोको उत्पादनलाई निर्यात गर्ने धवलागिरी गाउँपालिका–७ धारापानीका किरण थापा, चर्चित यूवा गायक मंगला गाउँपालिका–५ अर्मनका प्रकाश दुतराज र बेनी जोमसोम सडकखण्डमा यात्रुलाई उद्धार तथा सहयोग गर्ने पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनलाई नगद, दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । देशभरीबाट आएका जेसीजका प्रतिनिधिको बसाईलाई अविस्मरणीय बनाउन म्याग्दी जिल्लाबासीले विभिन्न माध्यमबाट स्वागत तथा सम्मान गरेका छन् ।

अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिने भएको छ । क्षेत्र ख सम्मेलनमा नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको प्रचार प्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको छ । सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको छ भने सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने सम्मेलन निर्देशक सुविन श्रेष्ठले बताउनुभयो ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराइएको छ । क्षेत्र ख सम्मेलनलाई म्याग्दी जेसीजले म्याग्दी चिनाउने अवसरका रुपमा लिइएको छ । सन् २००७ मा पहिलो पटक क्षेत्र ख सम्मेलन गरेको म्याग्दी जेसीजले नेपाल जेसीजमा छुट्टै पहिचान बनाउन सफल भएको छ । सम्मेलन असोज ३,४ र ५ गतेसम्म हुने छ ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP