२०८३ श्रावण ९
July 25, 2026, Saturday

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग

धनिलाल गर्बुजा

Advertisement

रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामकी ९९ वर्षिया एकल महिला तथा बृद्धा नन्दकुमारी गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनले २० हजार रुपैयाँ बराबरको चामल नुन, तेल, दाल, चिनी, अण्डा, साबुन, कपडा लगायतका अति आवश्यक खाद्यन्न समाग्रीहरु प्रदान गरेको हो ।

उक्त सामाग्री वडा अध्यक्ष मार्फट क्लव र आमा समुहको रोहवरमा बृद्धाको घरमै पुगेर बुधबार हस्तान्तरण गर्नु भएको थियो ।
दैनिक ज्याला मज्दुरी गरी घरगुजरा चलाउदै आएका कान्छो छोरा ज्यान सम्बन्घि कसुर मुद्दामा जेल चलान भए पश्चात बेसहरा बनेकी नन्दकुमारीले आँखा देख्नु हुदैन ।

जंगल किनाराको गोठमा बस्दै आउनुभएका बृद्धाकी चार सन्तान मध्य दुई सन्तान बौद्धिक अपांगताका कारण कुनै क्रियाकलपमा सहभागी हुन सक्दैनन् । विपन्न परिवार र यस्ता बौद्धिक अपांगताका लागि स्थानीय सरकारबाट पाउने पर्ने सेवा सुुविधाका सवालहरुमा जनप्रतिनिधि नै उत्तरदायी बन्नु पर्ने क्लवका सचिव उमेश पाईजाले सुझाव दिनुभयो ।

सहयोग सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष पविन गर्बुजाले आफ्नो वडाबाट बौद्धिक अपांगता तथा जेष्ठनागरिकलाई सहयोग पुग्ने खालका कार्यक्रमलाई विशेष प्राथमिक्ता दिने बताउदै बैदेशिक रोजगारीमा रहेका दाजुभाईले आफ्नो छाक कटाएर गरिब असायलाई सहयोग गरेकोमा आभार प्रकट गर्नु भयो ।

मरेपछि बृद्ध बृद्धाको श्रद्धा नभई जिउँदैमा खुसी बाँड्न पर्छ भन्न उद्देश्यका साथ सहोग गरेको दग्नाम बैदेशिक सहयोग समिति बहराईनका उपाध्यक्ष मिलन गर्बुजाले बताउनु भयो । सो समाजले स्थापना कालदेखिनै विभिन्न सामाजिक एवं मानविय सहयोग कार्य गर्दै आएको छ।

प्रवासबाट बृद्धा आमालाई सम्झेर सहायोग गर्नु भएकोमा सहयोगीहरुलाई पित्री आमाको तर्फबाट आशिर्वात एवं धन्यवाद व्यक्त गुर्नुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP