२०८२ असार २
June 16, 2025, Monday

माओवादीको अभियानबाट रत्नेचौरको रुइनेडाडामा सडक मर्मत

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको रुइनेडाडामा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शनिबार श्रमदान गरी सडक मर्मत गरेका छन् ।

Advertisement

जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक बागलुङ–बेनी सडक अन्तरगत पर्ने रुइने डाडामा मर्मत गरेका हुन् ।

Advertisement

वडा कमिटिको आयोजनामा करिब ३५ जना नेता कार्यकर्ताहरुको टोलीले शनिबार बिहान ३ घण्टा श्रमदान गरेर सडक मर्मत गरेको नेकपा माओवादी केन्द्रका बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीले जानकारी दिनुभयो ।

वडा कमिटिका अध्यक्ष सुरत बोगटीको नेतृत्वमा भएको श्रमदानमा माओवादी म्याग्दीको प्रदेशसभा क्षेत्र (क)का ईञ्चार्ज बिनोद केसी, गण्डकी प्रदेश कमिटि सदस्य तथा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने लगायत नेता कार्यकर्ताहरु सहभागि हुनुभएको थियो ।

रइनेडाडामा सडक डबेर भासिएपछि हिलोमा सवारी साधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाई भएको छ । श्रमदानका क्रममा हिलो हुने ठाउँमा ढुंगा बिछ्याउने र ग्रेड मिलाउने गरिएको नगर अध्यक्ष केसीले बताउनुभयो ।

स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ देखि जलजला गाउँपालिका हुदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरे ठाउँमा पहिरो तथा हिलोको समस्या भएकाले म्याग्दी र मुस्ताङ आवत जावत गर्ने धेरै सवारी साधनले विकल्पमा बागलुङ–बेनी सडक प्रयोग गर्दै आएका छन् ।

मर्मत पछि ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिरोको सडक पार गराएपनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनी उकालो सडक उक्लन नसकेर जाम हुने समस्या हट्ने अपेक्षा गरिएको माओवादीका बेनी नगर सदस्य ओम रोकाले बताउनुभयो ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८० आश्विन १३, शनिबार १३:५३

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८० आश्विन १३, शनिबार १३:५३

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८० आश्विन १३, शनिबार १३:५३

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP