२०८३ श्रावण १०
July 26, 2026, Sunday

माओवादीको अभियानबाट रत्नेचौरको रुइनेडाडामा सडक मर्मत

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको रुइनेडाडामा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शनिबार श्रमदान गरी सडक मर्मत गरेका छन् ।

Advertisement

जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक बागलुङ–बेनी सडक अन्तरगत पर्ने रुइने डाडामा मर्मत गरेका हुन् ।

वडा कमिटिको आयोजनामा करिब ३५ जना नेता कार्यकर्ताहरुको टोलीले शनिबार बिहान ३ घण्टा श्रमदान गरेर सडक मर्मत गरेको नेकपा माओवादी केन्द्रका बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीले जानकारी दिनुभयो ।

वडा कमिटिका अध्यक्ष सुरत बोगटीको नेतृत्वमा भएको श्रमदानमा माओवादी म्याग्दीको प्रदेशसभा क्षेत्र (क)का ईञ्चार्ज बिनोद केसी, गण्डकी प्रदेश कमिटि सदस्य तथा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने लगायत नेता कार्यकर्ताहरु सहभागि हुनुभएको थियो ।

रइनेडाडामा सडक डबेर भासिएपछि हिलोमा सवारी साधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाई भएको छ । श्रमदानका क्रममा हिलो हुने ठाउँमा ढुंगा बिछ्याउने र ग्रेड मिलाउने गरिएको नगर अध्यक्ष केसीले बताउनुभयो ।

स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ देखि जलजला गाउँपालिका हुदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरे ठाउँमा पहिरो तथा हिलोको समस्या भएकाले म्याग्दी र मुस्ताङ आवत जावत गर्ने धेरै सवारी साधनले विकल्पमा बागलुङ–बेनी सडक प्रयोग गर्दै आएका छन् ।

मर्मत पछि ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिरोको सडक पार गराएपनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनी उकालो सडक उक्लन नसकेर जाम हुने समस्या हट्ने अपेक्षा गरिएको माओवादीका बेनी नगर सदस्य ओम रोकाले बताउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP