२०८२ माघ ८
January 21, 2026, Wednesday

हिमालको काखबाट बेंसी झर्न थाले गोठहरु, ‘गोठालो पेशा नै लोप हुने चिन्ता’

राकेश शर्मा
विस्तारै गर्मी मौसमले आफ्नो रुप फेर्दै छ । हिमालको काखतिर चिसो बढ्दै छ । हिमालको काखमा पुगेका गोठहरु लेकमा चिसो बढे संगै बेंसी झैदै छन् । म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुनाका बालकृष्ण मगर अहिले लुलाङको शिरमा रहेको जलजलाबाट दुई दिन लगाएर गोठमा रहेका १२ वटा गाईलाई मुना सम्म ल्याएका छन् । उनि भन्छन्, जेठको पहिलो साता खर्कहरुको ताजा घाँस खुवाउनका लागि लेक उल्केका थियौँ, चार महिला लेकमा बितायौँ, अब लेकका चिसो बढ्यो हिउँपनि पर्छ । ‘अब लेकमा बस्न सकिदैन त्यसैले केही समय हामी बेंसीमा नै हुन्छौँ ।, मेरो गोठमा अलि बढी गाईगोरु भएका कारण म छिटो आएँ, अरुपनि झर्दै छन् केही बिचमा आएका छन् ।’

Advertisement

अहिले बेंसीका खेतबारीहरु मोल्नका लागि खेतबारीमा गोठ बनाएर बसेका छन् । कोदो पाक्ने समय सम्म औल नै गोठहरु राख्ने चलन रहेको छ । बारीको कोदो पाकेपछि बारी मोलेर पुन गर्मि सिजन सुरु हुन लाग्यो भने गोठहरु लेक तिर लाग्छन् । पछिल्लो समय गाईभैसी गोठालेको सङ्ख्या घट्दै गएकोमा उहाँ चिन्ता लागेको बताए । ‘पहिले एउटै गाउँका १२÷१५ घरमा गाईभैंसी पाल्ने गरेकोमा अहिले मुस्किलले आधा घरले मात्रै पाल्दै आएछन् ।’ उहाँले थप्नुभयो । गाईभैसीका लागि पछिल्लो समय पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ता यो व्यवसायतिर नलाग्दा गाईभैसी गोठाले बर्सेनि घट्दै गएको उनी बताउछन् ।

Advertisement

‘केही बर्ष अघि गाउँका धेरै मान्छेहरुले गाईभैँसी र भेडा समेत पाल्ने गर्थे, लेकतिर जाँदा पनि रमाइलो हुन्थ्यो, सबै एकै पटक जान्थ्यौँ, नजिक नजिक गोठ बनाएर बस्ने गथ्र्यौं, अहिले हरेक वर्ष गोठाला घट्दै गएका छन्, मगरले भन्नुभयो पुराना बूढापाका नसक्ने भए, युवा केटाहरु सहर बजार बस्ने विदेशतिर जाने गर्न थालेपछि यो पेशा जोखिममा परेको छ ।

गाईभैसी पाल्ने, गोठ बस्ने चलन हराउदै गएकोमा मगरलाई मात्र होईन मुनाका ७६ बर्षीय गंगबहादुर पहरे पुनलाई समेत चिन्ता छ । उले भने, अहिले हिमालको काखमा पुगेर गोठ बस्न सक्दिन आफ्नो गाईभैंसी समेत भान्जाको जिम्मा लगाएर बसेको छु तर बेंसी आउदा सकीनसकी भएपनि गोठमा आउछु । ‘पहिले पहिले गाईको घ्यूको मुल्य राम्रो थियो, अहिले झन बढ्दै गएको छ तर पाउनै मुस्कील छ ।, सबैले दुःखको काम हो भनेर छोडे गाउँका केहीले अहिले पनि बाध्यतामा गोठ बसेका छन् तर यो पेशा अब आउने पुस्ताले गदैनन् । यसमा हामी जस्ता जिवन नै गोठमा बिताएकोलाई नराम्रो लागेको छ ।’

पहरेपुनको गोठमा अहिले १० वटा गाई छन् । लम्पी स्कीन रोगका कारण एउटा दुधालु गाई मर्यो तर कही कतैबाट क्षतीपुर्ती नपाएको उहाँको गुनासो छ । उनले अरु व्यवसायको तुलनामा गाई पालन पेशा निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवा गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने बताए । गाईभैसी पालनबाट एक वर्षमा न्यूनतम रु २÷३ लाखसम्म आम्दानी हुने उहाँको भनाइ छ ।

उनले अनुसार घ्यू विक्रीबाट मात्र नभएर गाईभैसी नै विक्री गरेर समेत राम्रो आम्दानी हुने गरेको छ ।
गाईभभैंसी पालन गरे त धेरै फाइदा छ, दुःख त कुन पेसा गर्दा हुँदैन?, सबै पेसा व्यवसायमा परिश्रम गर्नुपर्छ, केही पेसामा अलि बढी होला केहीमा कम, तर दुःख त हुन्छ बालकृष्ण पुनले भने । ‘अहिले त गोठ बस्न पहिलेको जस्तो दुःख पनि हुदैन पहिले त सबै खर्चपर्च गाउँबाट नै बोकेर जानु पर्थो अहिले त नजिकै सम्म गाडी जान्छ सबै गाडीले लैदिन्छ ।’ पछिल्लो समय ग्रामिण भेगका बस्तीहरु समेत बैदेशिक रोजगारी र शहरीया बसाईका कारण घट्दै गएका छन् । गाउँमा घर छन् तर मान्छे छैनन् । यसले अब गाउनै तित्तिने हो कि भन्ने प्रश्च उब्जिएको छ ।

Related News

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०८० आश्विन १५, सोमबार ०३:१४

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०८० आश्विन १५, सोमबार ०३:१४

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
  • २०८० आश्विन १५, सोमबार ०३:१४

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...

TOP