२०८० मंसिर २२
December 8, 2023, Friday

मोना कप भलिबल : मालिका र रघुगंगा, महिलातर्फ अन्नपुर्ण र रघुगंगा सेमिफाइनलमा

म्याग्दी सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मालिका र रघुगंगा गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अन्नपुर्णलाई रघुगंगा र धवलागिरी गाउँपालिकालाई मालिकाले पराजित गरेका हुन् । भने बेनी नगरपालिका र मंगला गाउँपालिका वाई परेर स्वतः सेमिफाइनल प्रवेश गरेका हुन् । महिलातर्फ बेनी नगरपालिकालाई हराउँदै रघुगंगा र अन्नपुर्णले मंगलालाई पराजित गर्दै सेमिपाइनल प्रवेश गरेका हुन् । महिला तर्फबाट पनि मालिका गाउँपालिका र धवलागिरी गाउँपालिका वाई परेर स्वतः सेमिफाइनल प्रवेश गरेका हुन् ।

Advertisement


प्रतियोगिताको मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्याल र महासचिव हरि राम्जालीले उद्घाटन गर्नुभयो । अन्नपूर्ण गाउँपालिकालाई रघुगंगाले २–३ सेटमा खेल जितेको हो । त्यस्तै मालिकाले पनि धवलागिरी गाउँपालिकालाई ३–२ ले पराजित गरेको हो । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, द्वितिय पुरस्कार ७५ हजार, तृतिय पुरस्कार ५० हजार, सान्त्वना पुरस्कार २० हजार रहेको छ ।

Advertisement

उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन ।प्रतियोगिताको उद्घाटन गर्दै मोना अन्तराष्ट्रियका अध्यक्ष छन्त्यालले जिल्लाका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गरेको बताउनुभयो। जिल्लाको कला, संस्कृति र खेलकुदको विकासमा मोनाले विभिन्न गतिविधिहरु निरन्तर संचालन गर्ने अध्यक्ष छन्त्यालले बताउनुभयो ।जिल्लाका ६ वटै पालिकाबाट महिला तथा पुरुष भलिबल टिम सहभागी भएका छन् । भोली फाईनल मात्रै संचालन गर्ने गरि सवै खेलहरु आजै खेलाईने खेल तालिका रहेको प्रतियोगिताको प्राविधिक सहयोगमा रहेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ ,अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन मगर ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीको विशेष उपस्थिति रहेको थियो ।मोना अन्तराष्ट्रियको पाँचौँ महाधिवेशनको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । त्यस्तै बेनी लभ्लिहिल मिनी म्याराथुन दौड प्रतियोगिता पनि असोज २६ गते विहान संचालन हुनेछ । महाधिवेशनको मुल समारोह असोज २६ गते विहान ११ बजेदेखि बेनीको खुल्लामञ्चमा आयोजना हुने कार्यक्रम छ ।

Related News

आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
  • २०८० आश्विन २४, बुधबार १६:०३

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
  • २०८० आश्विन २४, बुधबार १६:०३

माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
  • २०८० आश्विन २४, बुधबार १६:०३

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...

TOP