२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

मोना कप भलिबल : मालिका र रघुगंगा, महिलातर्फ अन्नपुर्ण र रघुगंगा सेमिफाइनलमा

म्याग्दी सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मालिका र रघुगंगा गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अन्नपुर्णलाई रघुगंगा र धवलागिरी गाउँपालिकालाई मालिकाले पराजित गरेका हुन् । भने बेनी नगरपालिका र मंगला गाउँपालिका वाई परेर स्वतः सेमिफाइनल प्रवेश गरेका हुन् । महिलातर्फ बेनी नगरपालिकालाई हराउँदै रघुगंगा र अन्नपुर्णले मंगलालाई पराजित गर्दै सेमिपाइनल प्रवेश गरेका हुन् । महिला तर्फबाट पनि मालिका गाउँपालिका र धवलागिरी गाउँपालिका वाई परेर स्वतः सेमिफाइनल प्रवेश गरेका हुन् ।

Advertisement


प्रतियोगिताको मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्याल र महासचिव हरि राम्जालीले उद्घाटन गर्नुभयो । अन्नपूर्ण गाउँपालिकालाई रघुगंगाले २–३ सेटमा खेल जितेको हो । त्यस्तै मालिकाले पनि धवलागिरी गाउँपालिकालाई ३–२ ले पराजित गरेको हो । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, द्वितिय पुरस्कार ७५ हजार, तृतिय पुरस्कार ५० हजार, सान्त्वना पुरस्कार २० हजार रहेको छ ।

उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन ।प्रतियोगिताको उद्घाटन गर्दै मोना अन्तराष्ट्रियका अध्यक्ष छन्त्यालले जिल्लाका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गरेको बताउनुभयो। जिल्लाको कला, संस्कृति र खेलकुदको विकासमा मोनाले विभिन्न गतिविधिहरु निरन्तर संचालन गर्ने अध्यक्ष छन्त्यालले बताउनुभयो ।जिल्लाका ६ वटै पालिकाबाट महिला तथा पुरुष भलिबल टिम सहभागी भएका छन् । भोली फाईनल मात्रै संचालन गर्ने गरि सवै खेलहरु आजै खेलाईने खेल तालिका रहेको प्रतियोगिताको प्राविधिक सहयोगमा रहेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ ,अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन मगर ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीको विशेष उपस्थिति रहेको थियो ।मोना अन्तराष्ट्रियको पाँचौँ महाधिवेशनको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । त्यस्तै बेनी लभ्लिहिल मिनी म्याराथुन दौड प्रतियोगिता पनि असोज २६ गते विहान संचालन हुनेछ । महाधिवेशनको मुल समारोह असोज २६ गते विहान ११ बजेदेखि बेनीको खुल्लामञ्चमा आयोजना हुने कार्यक्रम छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP