२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

भलिबल प्रतियोगिता : पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपुर्ण विजयी

सर्वाधिक पुरस्कार राशिको प्रथम मोना कप भलिबल प्रतियोगितामा पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपुर्ण गाउँपालिका प्रथम भएका छन् । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगिताको फाइनलखेलमा पुरुषतर्फ बेनी नगरपालिकाले मंगला गाउँपालिका र महिलातर्फ अन्नपुर्ण गाउँपालिकाले मालिका गाउँपालिकालाई पराजित गर्दै विवजी भएका हुन् ।

Advertisement

विहिबार साँझ खुल्ला मञ्चमा सम्पन्न फाइनल खेलमा पुरुषतर्फ बेनी नगरपालिकाले मंगला गाउँपालिका माथि लगातार सोझो तीन सेटको जित हात पा¥यो । भने महिलातर्फ अन्नपुर्ण गाउँपालिकाले मालिका गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै विजयी भएको म्याग्दी भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा पालिकास्तरीय प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमले सहभागिता जनाएका थिए । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका महासचिव हरि राम्जालीका अनुसार,प्रथम भएका पुरुष र महिला दुवै टिमले एक लाख ५० हजार रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र हात पाउनेछन् । द्धितीय भएका महिलातर्फ मालिका र पुरुषतर्फ मंगला गाउँपालिकाले समान ७५ हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

त्यसैगरी तृतिय स्थान हासिल गरेका पुरुषतर्फ मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाले समान ५० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सान्त्वना स्थान हासिल गरेका महिलातर्फ धवलागिरी ,बेनी नगरपालिका र मङ्गला गाउँपालिका तथा पुरुषतर्फ अन्नपुर्ण ,धवलागिरी र रघुगंगा गाउँपालिकाले समान २० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेका महासचिव राम्जालीले बताउनुभयो । भोली देखि सुरु हुने महाधिवेनको कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्यालले जिल्लामा खेलकुद क्षेत्रको विकास गर्न र खेल प्रतिभाको पहिचान गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

महाधिवेशनको अवसरमा मोनाको नेतृत्वमा निर्मित बेनी–लभ्लीहिल पदमार्गको प्रचार–प्रसारका लागिखुला मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ। पदमार्गमार्फत बेनी र लभ्लीहिलको पर्यटन प्रर्वधनका लागि आगामी असोज २६ गते विहान लभ्लीहिल मिनी म्याराथुन प्रतियोगिता गर्ने भएको हो ।बेनी नगरपालिका–२,ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिल भ्रमण गर्न सदरमुकाम बेनीबजारदेखि पर्यटकीय क्षेत्र लभ्लीहिल पुग्न पक्की पदमार्ग निर्माणको मुख्य लगानीकर्ता समेत रहेको मोनाले बेनीको हाँडेभिरदेखि लभ्लीहिल हुदै खबराबाट बेनीसम्मको मिनी म्याराथुन प्रतियोगिता तय गरिसकेको मोना आइसीका उपाध्यक्ष एवम् प्रतियोगिताका जंगबहादुर पुनले बताउनुभयो।प्रतियोगितामा १८ बर्षदेखि ४५ बर्ष उमेरकाले सहभागि हुन पाउनेछन् । प्रथम हुनेलाई नगद २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।द्धितीयलाई नगद १५ हजार, तृतीय हुनेलाई १० हजार रुपैयाँ साथ मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP