Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

मंगला र मालिकामा फुटबल संघ गठन

पश्चिम म्याग्दीको मंगला र मालिका गाउँपालिकामा पालिकास्तरीय फुटबल संघ गठन भएको छ । मंगलबार मंगलाको बावियाचौर र मालिकाको दरबाङ्कमा आयोजित भेलाले समिति गठन गरेको छ । मंगला गाउँपालिकामा प्रकाश सापकोटाको अध्यक्षतामा १३ सदस्यीय मंगला फुटबल संघ गठन भएको हो । समितिको उपाध्यक्षमा क्षितिज खड्का, सचिव निशान थापा, कोषाध्यक्ष सरिता बुढालाई चयन गरिएको छ ।

Advertisement

त्यसैगरी सदस्यहरुमा शिशिर केसी, प्रितिस जिसी, राजेश पौडेल, जोयल छन्त्याल, विक्कल ठकुरी, अभिषेक नेपाली, रुपेश रोका, निकिता ठकुरी, विकेक विक, धु्रब कार्की र मिलन भट्टचन रहेको जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले जानकारी दिनुभयो ।

Advertisement

भेलामा गाउँपालिका उ्रपाध्यक्ष पे्रमकुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल, वडा नं ४ का वडा अध्यक्ष लालबहादुर रोका, वडा नं ५ का अध्यक्ष भुपेन्द्रबहादुर केसी, कार्यपालिका सदस्य शंकर शेरचन, विष्णु केसी लगायतको उपस्थिती रहेको थियो ।

भेलाका प्रमुख अतिथि मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले फुटबलप्रेमीलाई आवश्यक पर्ने खेलमैदान तथा खेल सञ्चालनका लागि आवश्यक प्रोत्साहन गर्ने बताउनुभयो । उनले जिल्लास्तरीय फुटबल प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने खेलमैदान बनाउने र उत्कृष्ट खेलाडीलाई जिल्ला बाहिर खेल्न हौसला प्रदान गरिने बताउनुभयो । म्याग्दीको ग्रामिण क्षेत्रमा फुटबल खेलमा संलग्न खेलाडीहरूलाई संगठित गर्ने उदेश्यले जिल्लाका सबै स्थानीय तहमा संघ गठनलाई तिब्रता दिइएको फुटबल संंघका अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

त्यस्तै मालिका गाउँपालिकामा प्रविन विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय मंगला फुटबल संघ गठन भएको हो । समितिको उपाध्यक्षमा लक्षिन पुन, सचिवमा म्यादिस गर्बुजा, कोषाध्यक्षमा कसक पुन, सह सचिवमा धिरज पुन, सह कोषाध्यक्षमा नरेश पुन चयन हुनुभएको छ । त्यस्तै सदस्यमा आशिका क्षेत्री, विपना विश्वकर्मा, टोप पुर्जा, कविन फगामी, दिवसन जुग्जाली, त्रिलोक बुढा र नगेन्द्र क्षेत्री चयन हुनुभएको छ ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP