२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

मंगला र मालिकामा फुटबल संघ गठन

पश्चिम म्याग्दीको मंगला र मालिका गाउँपालिकामा पालिकास्तरीय फुटबल संघ गठन भएको छ । मंगलबार मंगलाको बावियाचौर र मालिकाको दरबाङ्कमा आयोजित भेलाले समिति गठन गरेको छ । मंगला गाउँपालिकामा प्रकाश सापकोटाको अध्यक्षतामा १३ सदस्यीय मंगला फुटबल संघ गठन भएको हो । समितिको उपाध्यक्षमा क्षितिज खड्का, सचिव निशान थापा, कोषाध्यक्ष सरिता बुढालाई चयन गरिएको छ ।

Advertisement

त्यसैगरी सदस्यहरुमा शिशिर केसी, प्रितिस जिसी, राजेश पौडेल, जोयल छन्त्याल, विक्कल ठकुरी, अभिषेक नेपाली, रुपेश रोका, निकिता ठकुरी, विकेक विक, धु्रब कार्की र मिलन भट्टचन रहेको जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले जानकारी दिनुभयो ।

भेलामा गाउँपालिका उ्रपाध्यक्ष पे्रमकुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल, वडा नं ४ का वडा अध्यक्ष लालबहादुर रोका, वडा नं ५ का अध्यक्ष भुपेन्द्रबहादुर केसी, कार्यपालिका सदस्य शंकर शेरचन, विष्णु केसी लगायतको उपस्थिती रहेको थियो ।

भेलाका प्रमुख अतिथि मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले फुटबलप्रेमीलाई आवश्यक पर्ने खेलमैदान तथा खेल सञ्चालनका लागि आवश्यक प्रोत्साहन गर्ने बताउनुभयो । उनले जिल्लास्तरीय फुटबल प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने खेलमैदान बनाउने र उत्कृष्ट खेलाडीलाई जिल्ला बाहिर खेल्न हौसला प्रदान गरिने बताउनुभयो । म्याग्दीको ग्रामिण क्षेत्रमा फुटबल खेलमा संलग्न खेलाडीहरूलाई संगठित गर्ने उदेश्यले जिल्लाका सबै स्थानीय तहमा संघ गठनलाई तिब्रता दिइएको फुटबल संंघका अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

त्यस्तै मालिका गाउँपालिकामा प्रविन विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय मंगला फुटबल संघ गठन भएको हो । समितिको उपाध्यक्षमा लक्षिन पुन, सचिवमा म्यादिस गर्बुजा, कोषाध्यक्षमा कसक पुन, सह सचिवमा धिरज पुन, सह कोषाध्यक्षमा नरेश पुन चयन हुनुभएको छ । त्यस्तै सदस्यमा आशिका क्षेत्री, विपना विश्वकर्मा, टोप पुर्जा, कविन फगामी, दिवसन जुग्जाली, त्रिलोक बुढा र नगेन्द्र क्षेत्री चयन हुनुभएको छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP