२०८० मंसिर २२
December 8, 2023, Friday

मुस्ताङमा शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई सास्ती

हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो झण्डै दुई महिनादेखि शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । मुस्ताङ जिल्ला अस्पतालमा रहेका विशेषज्ञ चिकित्सको सरुवा भएपछि अर्को व्यवस्था हुन नसक्दा समस्या भएको हो ।

Advertisement

आठ महिनादेखि कार्यरत रहनुभएका नवौं तहका एमडिजिपी चिकित्सक डा. मुखिया घलेको सरुवा भएसँगै मुस्ताङ अस्पतालमा शल्यक्रिया सेवा बन्द भएको हो । डा. घले मनाङ अस्पतालबाट मुस्ताङ आउनुभएको थियो ।

Advertisement

मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. तेजस नेपालले भन्नुभयो, ‘चिसो मौसम अनि अहिले जिल्लाबाहिरका पर्यटकहरुको बढ्दो चापको समयमा विशेषज्ञ डाक्टर नहुँदा निकै कठिनाइ भएको छ ।’

दुईवर्षे दुर्गम सेवा प्रावधान अनुरुप मुस्ताङ अस्पतालको पहलमा डा. घले मुस्ताङ अस्पतालमा आउनुभएको थियो ।  घलेभन्दा पहिला एमडिजिपी चिकित्सक डा. कुन्दन कर्ण कार्यरत हुनुहुन्थ्यो । दुवै एमडिजिपी चिकित्सकहरुले आफ्नो कार्यकालमा प्रसूति शल्यक्रिया सँगसँगै सामान्य अपरेशन समेत गर्नुपर्ने बिरामीलाई मुस्ताङमै सेवा पुर्याउनुभएको थियो । नेपाल सरकारको छात्रवृत्ति सुविधाबाट अध्ययन गर्नुभएका घले सरुवा भएपछि शल्यक्रियाका सबै सेबा बन्द भएको मुस्ताङ अस्पतालले जनाएको छ ।

२०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पताल स्थापनाको ४८ वर्षपछि शल्यक्रिया सञ्चालनमा ल्याइएको थियो । सुरुवातीमा १५ शैयाबाट सुरु गरिएकोमा सङ्घीयतापछि प्रदेश सरकारको मातहतमा २५ शैय्या बनाइयो । 

मुस्ताङ अस्पतालमा सामान्य अपरेशन तथा प्रसूति शल्यक्रियाका लागि प्रदेश सरकारले आवश्यक एकुमेन्ट र तालिमहरु सञ्चालन गरेको थियो । यद्यपि शल्यक्रिया सञ्चालनमा आएको दुई वर्ष नपुग्दै पटक÷पटक सेवा अवरुद्ध हुदै आइरहेको छ । मुस्ताङ अस्पतालमा उपकरणको व्यवस्था भए पनि चिकित्सक नहुँदा भिडियो एक्सरे(युएसजी) सेवा पनि प्रदान गर्न असहज भएको छ ।

डाक्टर नहुँदा अप्रेसन सेवा रोकिएको छ, ल्याउनका लागि प्रयास भएको भए पनि ल्याउन नसकेको जानकारी आफूले पाएको  जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुर्गम ठाउँमा दक्ष चिकित्सक नहुँदा बिरामीले धेरै खर्च गरेर उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता भएको छ ।’

मुस्ताङ अस्पतालका डार्क रुम अधिकृत भोजराज रेग्मीले जनशक्तिका कारण सेवा दिन कठिन भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अस्पतालमा आउने बिरामीहरुलाई सेवा दिन मन त हुन्छ सबैको तर दक्ष तथा विशेषज्ञ नै नहुँदा चाहेर पनि त सेवा दिन सकिँदैन, अनि बाहिर पठाउन रिफर गर्नुको विकल्प हुँदैन ।’

भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभवप्राप्त चिकित्सक बस्न नचाहँदा अस्पतालको शल्यक्रिया सेवा अवरुद्ध हुन पुगेको जोमसोमका व्यवसायी अमृत सुवेदीले बताउनुभयो ।

Related News

आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
  • २०८० कार्तिक ६, सोमबार १२:२०

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
  • २०८० कार्तिक ६, सोमबार १२:२०

माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
  • २०८० कार्तिक ६, सोमबार १२:२०

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...

TOP