२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

भलिबल खेलाडी सुजन चोखाल अमेरिकाको क्लवबाट रु. २५ हजार पुरस्कार सहित सम्मानित


राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको एउटा क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ ।

Advertisement

बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले चोखाललाई पुरस्कृत र सम्मानित गरेको हो ।

क्लवका प्रतिनिधि रोशन सुवेदीले आइतबार घतानमा चोखाललाई नगद र सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । चोखाल गण्डकीको टिममा सेटरको भूमिकमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आउनुभएको छ ।

सुवेदीले आफ्नो व्यक्तिगत तर्फबाट नेप्टेचौरको युवा क्लवलाई दुई थान भलिबल पनि उपलब्ध गराउनुभएको छ । प्रतिभावान खेलाडी चोखाललाई प्रोत्साहन र हौसला प्रदान गर्न सम्मान गरेको बेलमोन्ट भलिबल क्लवका प्रतिनिधि सुवेदीले बताउनुभयो ।  

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP