२०८२ फाल्गुन २३
March 7, 2026, Saturday

म्याग्दीमा गैरआवासीय नेपालीले पाउन थाले नागरिकता

जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले दुई गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन् ।

Advertisement

म्याग्दीको घवलागिरी गाउँपालिका वडा नं ६ मराङ घर भई हाल अष्टे«लियामा बस्ने दिपक भण्डारी र सोही गाउँपालिकााको वडा नं ७ ताकम घर भई हाल अमेरिका बस्ने ऋषिनाथ सुवेदीलाई नागरिकता प्रदान गर्दै म्याग्दीबाट गैरआवासीय नागरिकता वितरणको सुरुवात गरिएको प्रजिअ पौडेलले बताए ।

Advertisement

उनले संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता वितरण गरिएको बताए । म्याग्दीमा गैरआवासीय नेपालीका पक्षमा सरकारले सकारात्मक भूमिका निर्वाह गरिरहेको र थप सहकार्यमा समेत सहज हुने प्रजिअ पौडेलको भनाई थियो ।

सोही अवसरमा एनआरएनको हैसियतमा पहिलो नागरिकता लिएपछि अष्टे«लियाका दिपक भण्डारीले जन्मभुमीमा हुने सामाजिक एवम् विभिन्न कार्यहरुमा प्रत्यक्ष संलग्न हुन कुनै समस्या नहुने बताउँछन् ।

आर्थिक र सामाजिक हैसियतमा सधै जन्मभूमिमा सक्रिय हुने बताउँदै नागरिता वितरणमा भएको सहयोगप्रति आभार व्यक्त गरे । गैरआवसीय नेपाली समुदायका लागि गौरव, हर्ष र सफलताको क्षण भएको समेत बताएका छन् ।

हालसम्म उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना घर भएका किर्तिमानी पर्वतरोही निर्मल पूर्जाले समेत गैरआवासीय नागरिकताका लागि आवेदन दिएका छन् भने अन्य गैरआवासीयहरूले समेत बंशजको नागरिकता परित्याग गरी गैरआवासीय नेपाली नागरिकताका लागि प्रक्रिया बुझ्न थालेको बताइएको छ ।

एनआरएन नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउने ब्यवस्था रहेको छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ।साथीहरूको बुझाइले मलाई असफलताहरूमा फेरि आत्मविश्वास प्राप्त गराउँछ।

नेपाली नागरिकता लिएको सम्बन्धित जिल्लामै गएर वडाको सिफारिससहित नेपाली नागरिकले नेपालको नागरिकता त्यागेको र विदेशी नागरिकता लिएको प्रमाणसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ। गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने सहायक प्रजिअ धिरेन्द्रराज पन्तले बताए ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८० कार्तिक १७, शुक्रबार ११:५८

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८० कार्तिक १७, शुक्रबार ११:५८

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८० कार्तिक १७, शुक्रबार ११:५८

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP