Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

म्याग्दीमा पहिलो पटक वडा अध्यक्ष कप भलिबल हुदै

म्याग्दीमा पहिलो पटक वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको बेनी नगरपालिका–९ घतानमा रहेको कोसेपानी युवा क्लबले उक्त प्रतियोगिता आयोजन ागर्न लागेको हो । वडाको आर्थिक सहयोग र समन्वयमा हुन लागेको प्रथम वडाध्यक्ष कप एवम् विभिन्न सांस्कृतिक कार्यक्रम यही कात्तिक २३ गतेदेखि २८ गते सम्म वडास्तरीय भलिबल, वडास्तरीय प्रौढ भलिबल र खुला नृत्य प्रतियोगिता आयोजना हुने खेलकुद संयोजक रिजन खत्रीले जानकारी दिनुभयो ।

Advertisement

वडा स्तरीय भलिबल कपको विजेताले ७७ हजार ७७७ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ४४ हजार ४४४ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रौढ भलिबलका विजेताले ४० हजार ४४४ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार ५५५ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने क्लब सचिव बिमल थापाले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार खुल्ला नृत्य प्रतियोगितामा विजयी हुने कलाकारले ६ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र र उपविजेताले ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । खेल अवधिभरबाट उत्कृष्ट खेलाडी, सेटर, ब्लकर, डिफेन्डर र स्पाइकर छनोट गरी सम्मान गरिने भएको छ ।

वडामा रहेका क्लबहरु मध्ये छलफलबाट गरी प्रस्ताव माग गर्दा कोसेपानी युवा क्लब छनोट भएको वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । वडा भित्र ४ वटा क्लब रहेका छन् । खेलकुद शिर्षकमा विनियोजन भएको बजेटबाट पहिलो पटक वडा अध्यक्ष कपको अवधारण लिएर प्रतियोगिता आयोजना गरेको केसीको भनाई छ । वडाको एक लाख पचास हजार बजेट वडाले क्लबलाई प्रदान गर्ने छ भने बाँकी खर्च क्लबले नै व्यवस्थापन गर्ने वडाले जनाएको छ ।

कात्तिक २३ गतेबाट संचालन हुने प्रतियोगिताको तयारी तिब्र बनाईएको क्लब अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सांस्कृतिक कार्यक्रममा राष्ट्रिय संगै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP