२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

म्याग्दीमा पहिलो पटक वडा अध्यक्ष कप भलिबल हुदै

म्याग्दीमा पहिलो पटक वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको बेनी नगरपालिका–९ घतानमा रहेको कोसेपानी युवा क्लबले उक्त प्रतियोगिता आयोजन ागर्न लागेको हो । वडाको आर्थिक सहयोग र समन्वयमा हुन लागेको प्रथम वडाध्यक्ष कप एवम् विभिन्न सांस्कृतिक कार्यक्रम यही कात्तिक २३ गतेदेखि २८ गते सम्म वडास्तरीय भलिबल, वडास्तरीय प्रौढ भलिबल र खुला नृत्य प्रतियोगिता आयोजना हुने खेलकुद संयोजक रिजन खत्रीले जानकारी दिनुभयो ।

Advertisement

वडा स्तरीय भलिबल कपको विजेताले ७७ हजार ७७७ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ४४ हजार ४४४ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रौढ भलिबलका विजेताले ४० हजार ४४४ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार ५५५ रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने क्लब सचिव बिमल थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खुल्ला नृत्य प्रतियोगितामा विजयी हुने कलाकारले ६ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र र उपविजेताले ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । खेल अवधिभरबाट उत्कृष्ट खेलाडी, सेटर, ब्लकर, डिफेन्डर र स्पाइकर छनोट गरी सम्मान गरिने भएको छ ।

वडामा रहेका क्लबहरु मध्ये छलफलबाट गरी प्रस्ताव माग गर्दा कोसेपानी युवा क्लब छनोट भएको वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । वडा भित्र ४ वटा क्लब रहेका छन् । खेलकुद शिर्षकमा विनियोजन भएको बजेटबाट पहिलो पटक वडा अध्यक्ष कपको अवधारण लिएर प्रतियोगिता आयोजना गरेको केसीको भनाई छ । वडाको एक लाख पचास हजार बजेट वडाले क्लबलाई प्रदान गर्ने छ भने बाँकी खर्च क्लबले नै व्यवस्थापन गर्ने वडाले जनाएको छ ।

कात्तिक २३ गतेबाट संचालन हुने प्रतियोगिताको तयारी तिब्र बनाईएको क्लब अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सांस्कृतिक कार्यक्रममा राष्ट्रिय संगै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP