२०८३ श्रावण ९
July 25, 2026, Saturday

२१ औं म्याग्दी जेसीज कप आगामी मंसिर १९ गतेदेखि, लोगो सार्वजनिक

म्याग्दी जेसीजको मूल आयोजनामा २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ । सोमबार जेसीजको कार्यालयमा भएको पत्रकार सम्मेलनमा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा राम–बिमला फाउण्डेसन जिल्लास्तरीय अन्तर मावि जेसीजकप फुटबल प्रतियोगिता गरिने भएको हो ।

Advertisement

पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँले प्रायोजक सहित पुरस्कार ब्यवस्थापन, खुल्लामञ्चको खेलमैदान मर्मत, विद्यालयलाई पत्राचार लगायत प्रतियोगिताका लागि आवश्यक पर्ने तयारी तिब्र पारिएको बताए । उनले प्रतियोगिताका लागि विनोद घर्ती क्षत्रीको मुल संयोजकत्वमा विभिन्न १९ उपसमिति गठन गरिएको बताए ।
‘विद्यालयस्तरबाटै फुटबलका प्रतिभा उत्पादन गर्ने प्रतियोगिता हो,‘सबै क्षेत्रबाट सहयोगको अपेक्षा सहित प्रतियोगिताको तयारीमा जुटेका छौ’ शाखा अध्यक्ष बानियाँले भने ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने मुल संयोजक विनाद घर्ती क्षत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश नगद २५ सय पुरुस्कारले पुरस्कृत गरिने मुल संयोजक क्षत्रीले बताए । त्यस्तै अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगितामा ३० विद्यालयको सहभागिता हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा कुल ७ लाख ५० हजारभन्दा बढी खर्चको अनुमान गरिएको छ । यसैबीच प्रतियोगिताको टाइटल स्पोन्सर स्वर्गीय समाजसेवी राम गौचनको स्मृतिमा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले स्थापना गरेको कोषलाई समेत म्याग्दी जेसीजले धन्यवाद दिएको थियो । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP