२०८० मंसिर २२
December 8, 2023, Friday

२१ औं म्याग्दी जेसीज कप आगामी मंसिर १९ गतेदेखि, लोगो सार्वजनिक

म्याग्दी जेसीजको मूल आयोजनामा २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ । सोमबार जेसीजको कार्यालयमा भएको पत्रकार सम्मेलनमा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा राम–बिमला फाउण्डेसन जिल्लास्तरीय अन्तर मावि जेसीजकप फुटबल प्रतियोगिता गरिने भएको हो ।

Advertisement

पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँले प्रायोजक सहित पुरस्कार ब्यवस्थापन, खुल्लामञ्चको खेलमैदान मर्मत, विद्यालयलाई पत्राचार लगायत प्रतियोगिताका लागि आवश्यक पर्ने तयारी तिब्र पारिएको बताए । उनले प्रतियोगिताका लागि विनोद घर्ती क्षत्रीको मुल संयोजकत्वमा विभिन्न १९ उपसमिति गठन गरिएको बताए ।
‘विद्यालयस्तरबाटै फुटबलका प्रतिभा उत्पादन गर्ने प्रतियोगिता हो,‘सबै क्षेत्रबाट सहयोगको अपेक्षा सहित प्रतियोगिताको तयारीमा जुटेका छौ’ शाखा अध्यक्ष बानियाँले भने ।

Advertisement

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने मुल संयोजक विनाद घर्ती क्षत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश नगद २५ सय पुरुस्कारले पुरस्कृत गरिने मुल संयोजक क्षत्रीले बताए । त्यस्तै अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगितामा ३० विद्यालयको सहभागिता हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा कुल ७ लाख ५० हजारभन्दा बढी खर्चको अनुमान गरिएको छ । यसैबीच प्रतियोगिताको टाइटल स्पोन्सर स्वर्गीय समाजसेवी राम गौचनको स्मृतिमा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले स्थापना गरेको कोषलाई समेत म्याग्दी जेसीजले धन्यवाद दिएको थियो । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Related News

आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
  • २०८० मंसिर ४, सोमबार १३:२२

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
  • २०८० मंसिर ४, सोमबार १३:२२

माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
  • २०८० मंसिर ४, सोमबार १३:२२

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...

TOP