२०८३ भाद्र २
August 18, 2026, Tuesday

जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

Advertisement

जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा दुई निजी सहित १२ वटा मावि र ४ वटा आधारभूत विद्यालयले सहभागिता जनाएका छन् । एथलेटिक्स, कवड्डी र भलिबल बिधामा तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने गाउँपालिकाको शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभयो ।

“प्रत्येक इभेन्ट, बिधागत र समग्रमा प्रथम, दृतीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्थापन गरेका छौ,” उहाँले भन्नुभयो “सबै बिधामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयले राष्ट्रपति रनिङ शिल्ड पनि लैजानेछ ।”

भलिबलमा प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमश रु. छ हजार, चार हजार पाँच सय र तीन हजार, कवड्डीमा प्रथम, दृतीय र तृतीय हुनेले चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सय र एथलेटिक्स बिधाका खेलमा प्रथम हुने खेलाडीले व्यक्तिगत रु. एक हजार दुई सय देखि दुई हजार रुपैयासम्म पुरस्कार पाउने जनाइएको छ ।

पहिलो दिन सबै खेल शुरु गरिएको र दोस्रो दिन फाईनल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो । प्रतियोगिता उद्घाटन कार्यक्रममा जिसस प्रमुख परियारले विकासमा विभेदको अन्त्य गरि सबैको अपनत्व हुने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

“जलजला गाउँपालिका नदीजन्य स्रोतको हिसाबले आन्तरिक आम्दानी गर्न सक्ने धेरै आधार भएपनि अदालतको अड्चनले बञ्चित भएको छ,” उहाँले भन्नुभयो “स्थानीय तहको आन्तरिक आम्दानी बृद्धी गर्ने र स्थानीय विकासमा परिचालन गर्ने विषयमा जिसस पर्वत सर्वोच्च अदालत सम्म पुगेर लडिरहेको छ ।”

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले खेलकुदलाई शिक्षासँग जोड्ने योजना अनुसार यस वर्ष शैक्षिक क्यालेण्डर अनुसार पर्वत जिल्लामै पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।

“सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले थालेको अभियानमा खेलकुदलाई पनि जोडेका छौ,” उहाँले भन्नुभयो “अनुशाषित, लगनशिल, मेहनती जनशक्ति उत्पादन गर्न खेलकुदले सहयोग पुग्ने अपेक्षा गरेका छौ ।”

जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका पालिका सभापति इन्दुप्रकाश पौडेल, एमालेका पालिका अध्यक्ष बाबुराम कार्की, माओवादी केन्द्रका यामबहादुर जिसी, विद्याज्योती माविका प्रअ रघुनाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिसस पर्वतका उपप्रमुख सोमबहादुर जिसी लगायतको उपस्थिति रहेको कार्यक्रमको उद्घाटन समारोहमा सहभागी विद्यार्थीहरुले मार्चपास गरेका थिए ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP