२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

कृषि उद्यममा आत्मनिर्भर बनेका पात्लेखेतका युवा हरि गर्वुजा

मंगलबार मध्यान्ह बेनीको न्युरोडमा आफ्नो मोटरसाईकलको पछाडी दुई क्रेड टमाटर बोकेर विक्रीका लागि लैजादै गरेको अवस्थामा भेटिए पात्लेखेतका युवा हरि गर्वुजा ।
हस्पिटलचोकमा संचालनमा रहेको लामा कुदापमा एक क्रेड छोडेरमा गर्वुजा अर्को क्रेड टमाटर बोकेर तातोपानीको श्रेष्ठ होटल हटस्प्रीङ पुगे ।

Advertisement

गर्वुजाको दैनिकी अचेल विहानै उठेर टमाटर टिप्ने र दिउसो अर्डर अनुसारको ठाउँमा पु¥याउने गर्दै चलेको छ ।
जिल्लाको बेनी नगरपालिका वडा नम्वर १० पात्लेखेतका ३६ बर्षीय गर्वुजाले आफ्नै करिव ५० हजारको लगानीमा निर्माण गरेका दुईवटा टनेलमा अहिले लटरम्मै टमाटर फलेका छन ।

Advertisement

हाल काठमाडौँमा बसोबास गर्नुहुने धु्रव भट्टचनको करिव १५ रोपनी खेतियोग्य जमिन १० बर्षका लागि भाडामा लिनुभएका गर्वुजाले गत भदौँमा २ क्वीन्टल खुर्सानी उत्पादन गरि विक्री गर्नुभएको थियो ।
बैदेशिक रोजगारीका लागि १० बर्ष अघि अफगानिस्तान पुगेका गर्वुजा स्वास्थ्यमा समस्या देखिएपछि ८ महिनामै घर फकिर्नुभएको थियो ।

८ महिनाको विदेश बसाईमा धेरै दुखहरु भोगेपछि गर्वुजाले आफ्नै गाउँमा व्यवसाय गरि वस्ने सोच बनाई पोल्टी फर्म संचालन गर्नुभएको थियो ।

त्यसपछि पात्लेखेतमै लप्सन एण्ड दिप्सन फनिर्चर उद्योग संचालन गरेका गर्वुजाले फर्निचरबाट राम्रो आम्दानी हुन थालेपछि त्यसैबाट आएको कमाईले कृषितर्फ पनि लगानी गरि उत्पादन थालेको बताउनुभयो । हाल उहाँले संचालन गरेको फर्निचरमा दुईजनाले रोजगारी समेत पाएका छन ।

खुर्सानी बेचीसकेँ, अहिले टमाटर विक्री गरिरहेको छु, अव पौषमा विक्री गर्ने गरि लोकल आलु पनि लगाएको छु, गर्वुजाले भन्नुभयो, कृषि खेतिबाट मात्रै वार्षिक रुपमा दुई लाख आम्दानी हुन्छ ।
गर्वुजाले टमाटर होलसेलमा १०० रुपैयाँ किलो विक्री गर्नुभएको छ । पसलहरुमा भन्दा पनि होटलहरुलाई कन्ट्याक गरि टमाटर पु¥याएको छु, उहाँले भन्नुभयो ।

कृषि उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि फर्म नै दर्ता गरि टनेल थप गर्ने तथा अन्य खेतिहरु पनि विस्तार गर्ने योजना बनाउनुभएका गर्वुजा आफुले संचालन गरेका व्यवसायहरुबाट सन्तुष्ट हुनुहुन्छ ।
अहिले कम लगानीबाट कम उत्पादन र कम आम्दानी छ, पछि लगानी बढाउँदै जादा उत्पादन र आम्दानी पनि बृद्धि हुँदै जाला, गर्वुजाले भन्नुभयो ।

युवा उद्यमी गर्वुजाले माटोमा गरेको मेहनत र लगानीले भोको बस्न नपर्ने भन्दै युवाहरुलाई उद्यमशिल बनाउनका लागि स्थानीय सरकारले पनि विशेष चासो दिनुपर्ने बताउनुहुन्छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP