२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

गरिमा विकास बैंकले १७ औं बार्षिकोत्सवमा गलेश्वरधाममा न्यानो कपडा वितरण

हरिकृष्ण गौतम । गरिमा विकास बैंकले बेनी नगरपालिका–९ स्थित गलेश्वरधामको आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । बैकले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा बिहिबार एक कार्यक्रमका बिच ५५ बृद्धबृद्धालाई सुइटर वितरण गरेको हो।

Advertisement

बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका प्रथम मेयर हरिकुमार श्रेष्ठले ९४ बर्षिया धनसरी पाइजालाई न्यानो कपडा वितरण गदैं कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले वित्तिय कारोबारसँगै म्याग्दीमा जेष्ठ नागरिकलाई सम्मान, शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताउनुभयो ।

Advertisement

उहाँले बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित कार्यक्रम गर्ने गरेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी,गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, पुलस्त्य पुलह अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले म्याग्दीमा शाखा विस्तार गरेका ठूला बैंकको संख्या धेरै भएपनि सामाजिक उत्तरदाहित्व अन्तरगत समुदायस्तरमा सहयोग गर्नेको संख्या न्यून रहेको अवस्थामा हरेक बर्ष गरिमा विकास बैंकले सहयोग गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

न्यानो कपडा वितरण कार्यक्रममा सहभागी जेष्ठ नागरिक ९४ बर्षिया पाइजाले सहयाोग गरेकोमा धन्यवाद दिदैं आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गर्नुभयो। न्यानो कपडा वितरण कार्यक्रमा बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्र श्रेष्ठले यो समय चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न जेष्ठ नागरिकलाई आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता सञ्चालक समिति सदस्य श्रेष्ठ, स्वागत बेनी शाखा प्रमुख कमलप्रसाद ढुंगाना र सञ्चालन शाखाका बरिष्ठ सहायक शंकरप्रसाद सुबेदीले गर्नुभएको थियो । बैंकको सदरमुकाम बेनी, बावियचौर, दरबाङ, पोखरेबगरमा शाखा रहेको छ । देशभर १ सय २३ शाखा रहेको बैंकले बार्षिकोत्सवको अवसरमा १७ स्थानमा न्यानो कपडा वितरण, रक्तदान सहित विभिन्न कार्यक्रम गरी मनाएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP