सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् ।
बुधबार खुल्लामञ्चमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सारदा माविले बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै प्रकाश मावि बेनीलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै गौबमवस्त मावि देविस्थान दोस्रो चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा मंगला माविलाई शुन्यका विरुद्ध पाचँ गोलले पराजित गर्दै न्यू वेष्ट प्वाईन्ट दोस्रो चरणमा प्रवेश गरेका छ।
चौथो खेलमा माउण्ट एभरेष्ट र केबी एकेडेमी दरवाङविचको खेलमा एक/एक गोलको बराबरीपछि भएको पेनाल्टी सुटआउटमा (८–७) माउण्ट एभरेष्ट दोस्रो चरणमा प्रवेश गरेको छ ।
पाचौ खेलमा किसानी मावि विमलाई शुन्यका विरुद्ध पाँच गोलले पराजित गर्दै बेनी सामुदायिक विद्यालय बेनी दोस्रो चरणमा प्रवेश गरेको छ। जिल्लाका २३ विद्यालयले सहभागीता रहेको प्रतियोगिता २३ गतेसम्म संचालन हुने छ । म्याग्दी जेसीजको मुख्य प्रायोजक राम–विमला फाउण्डेशन रहेको छ।
प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने मुल संयोजक विनोद घर्तीले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई विभिन्न अवार्डसहित दुई हजार ५०० रुपैयाँ नगद पुरुस्कारले पुरस्कृत गरिने जानकारी दिनुभयो । भने अनुशासित टिमलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको शाखा अध्यक्ष सुमन बानियाँले भन्नुभयो। जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहको विश्वकप मानिन्छ ।
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...
धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...
म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...