२०८३ श्रावण ८
July 24, 2026, Friday

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् ।

Advertisement

बुधबार खुल्लामञ्चमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सारदा माविले बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै प्रकाश मावि बेनीलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै गौबमवस्त मावि देविस्थान दोस्रो चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा मंगला माविलाई शुन्यका विरुद्ध पाचँ गोलले पराजित गर्दै न्यू वेष्ट प्वाईन्ट दोस्रो चरणमा प्रवेश गरेका छ।

चौथो खेलमा माउण्ट एभरेष्ट र केबी एकेडेमी दरवाङविचको खेलमा एक/एक गोलको बराबरीपछि भएको पेनाल्टी सुटआउटमा (८–७) माउण्ट एभरेष्ट दोस्रो चरणमा प्रवेश गरेको छ ।

पाचौ खेलमा किसानी मावि विमलाई शुन्यका विरुद्ध पाँच गोलले पराजित गर्दै बेनी सामुदायिक विद्यालय बेनी दोस्रो चरणमा प्रवेश गरेको छ। जिल्लाका २३ विद्यालयले सहभागीता रहेको प्रतियोगिता २३ गतेसम्म संचालन हुने छ । म्याग्दी जेसीजको मुख्य प्रायोजक राम–विमला फाउण्डेशन रहेको छ।

प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने मुल संयोजक विनोद घर्तीले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई विभिन्न अवार्डसहित दुई हजार ५०० रुपैयाँ नगद पुरुस्कारले पुरस्कृत गरिने जानकारी दिनुभयो । भने अनुशासित टिमलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको शाखा अध्यक्ष सुमन बानियाँले भन्नुभयो। जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहको विश्वकप मानिन्छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP