Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।
यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै आएको वडा कार्यालयले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।

Advertisement

नवनिर्मित भवनको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले उद्घाटन गरी वडा कार्यालयको नयाँ भवनबाट सेवा शुुभारम्भ गरिएको वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुुभयो ।

Advertisement

“यसअघि पधेराचौरमा रहेको सामुुदायिक भवनको सभाहलमा कार्यालय सञ्चालन गरेका थियौ,” उहाँले भन्नुुभयो “वडाको आफ्नै भवन भएपछि सेवा प्रवाह सहज हुुनेछ् ।” वि.स. २०७७ पुुषमा भवन निर्माण शुुरु भएको थियो ।

सामुुदायिक भवन अघि आरसीयुुपी परियोजनाले बनाएको भेटेरीनरीको भवनबाट वडा कार्यालय सञ्चालन भएको थियो । दुुई चरणमा करिब रु. ६१ लाखको लागतमा भवन निर्माण सकिएको गाउँपालिकाले जनाएको छ । वि.स. २०७७ मा रु. ४७ लाखमा ठेक्का सम्झौता गरेको डोल्पो कन्ट्रक्सनले भवनको संरचना तयार पारेको थियो ।

पहिलो चरणमा भवन निर्माणका लागि जिल्ला समन्वय समितिले रु. तीस लाख सहयोग गरेको थियो । दोस्रो चरणमा २०७८ मा जयमा लक्ष्मी कन्ट्रक्सनसँग रु. १५ लाखमा भएको ठेक्का सम्झौता मार्फत पलास्टर, रंगरोगन, बिद्युुत, पानी जडान लगायतको काम भएको थियो ।

फर्निचर व्यवस्थापन गरेर नयाँ भवनमा कार्यालय स्थानान्तरण गरिएको वडा सचिव तमबहादुुर बिकले बताउनुुभयो । चार वटा कोठा रहेको भवनमा वडा अध्यक्ष लगायत जनप्रतिनिधि, वडा सचिव, सभाहल र बैठक कक्ष छन् ।
वडा कार्यालय भवन बनाउन टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा उपलब्ध गराउनुुभएको थियो । यसअघि साविक ताकम गाविस कार्यालयको भवन रहेको ठाउँमा थप जग्गा व्यवस्थापन गरेर वडा कार्यालयको नयाँ भवन बनाइएको हो ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगर, प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुुवेदी, पुुर्व वडा अध्यक्ष कलानिधी शर्मा, अन्य वडाका अध्यक्ष लगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
गाउँपालिकाका अध्यक्ष पुुनले सेवा प्रवाहलाई सहज बनाउन प्रशासकीय सहित वडा र स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकता दिएको बताउनुुभयो । ताकम, मल्कवाङ र लुुलाङमा वडा कार्यालय, गुुर्जा र मुुनामा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।

ताकममा अलपत्र रहेको पाँच शैया क्षमताको अस्पताल भवन निर्माणलाई पूूर्णता दिन व्यवसायिलाई ताकेता गरिएको बताउनुुभयो । घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, मराङमा वडा कार्यालय र मुुदीमा स्वास्थ्य चौकीको भवन निर्माणाधिन रहेको उपाध्यक्ष रेशम पुुनमगरले बताउनुुभयो ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP