२०८२ माघ १०
January 23, 2026, Friday

बालमन्दिर माविमा ३ लाखको अक्षय कोष स्थापना

म्याग्दीको बेनी नगरपालिका-८स्थित बालमन्दिर माविमा ३ लाखभन्दा बढीको अक्षय कोष स्थापना गरिएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व प्रधानध्यापक साधना तुलाचन १ लाख १ हजार, समाजसेवी पूर्णिमा गौचन १ लाख १ हजार र जर्मनी बस्ने पोखराकी सुमित्रा शेरचन जोशी १ लाख १ हजार रुपैयाँको कोष स्थापना गर्नुभएको हो ।

Advertisement

बुधबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता तुलाचन, गौचन र शेरचनले नगद रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनबहादुर चर्माकार, प्रअ सुरेन्द्रराज केसीलाई हस्तान्तरण गनुभयो ।

Advertisement

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ९ का अध्यक्ष चक्रबहादुर केसी लगायतको उपस्थिीत रहेको थियो ।

अक्षय कोष स्थापना कार्यक्रमका प्रमुख अतिथि मेयर केसीले विपन्न विद्यार्थीले पठनपाठन गर्ने विद्यालयमा सरकारी स्रोतबाट मात्रै अपुग हुने भएकाले विभिन्न सहयोग संकलन गरी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

सहयोगदाता एवम् विद्यालयकी पूर्व प्रअ साधना तुलाचनले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनालाई विद्यालयले विभिन्न माध्यमबाट सहयोग जुटाएर विद्यार्थीलाई सहयोग गर्ने गरेको छ ।

बालमन्दिरमा अधिकांस निम्न आर्थिक अवस्था भएका, विभिन्न जिल्लाबाट मजदुरी गर्न आएका, अभिभावकविहिन बालबालिकाहरु पठनपाठन गर्छन् । अक्षय कोष स्थापना कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष चर्माकार, स्वागत प्रअ केसी र सञ्चालन सहायक प्रअ गिता सुबेदीले गर्नुभएको थियो । बालविकासदेखि कक्षा ९ सम्म पठनपाठन हुने विद्यालयमा साढे २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Related News

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०८० मंसिर २७, बुधबार १३:५४

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०८० मंसिर २७, बुधबार १३:५४

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
  • २०८० मंसिर २७, बुधबार १३:५४

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...

TOP