२०८३ असार २६
July 10, 2026, Friday

जापानमा रहेका छन्त्याल समुदायले टोकियोमा भेलाको आयोजना गर्ने

गणेश छन्त्याल, जापानमा रहेका छन्त्याल समुदायले टोकियोमा एक भेलाको आयोजना गर्ने भएको छ । नेपाल छन्त्याल संघबाट स्विकृती लिई जापान छन्त्याल संघ गठन गर्नको लागि डिसेम्बर ३१ तारिखको दिन भेलाको आयोजना गर्न लागिएको हो । नयां बर्ष २०२४ को पूर्वसन्ध्यामा गर्न लागिएको उक्त भेलामा जापानको विभिन्न ठांऊमा छरिएर रहेका छन्त्याल समुदायको उपस्थिति हुनेछ । 

जापानको विभिन्न ठांऊमा छरिएर रहेका छन्त्यालहरुलाई एक ठांऊमा एकिकृत गरि दुःख,सुःखमा एक अर्काको साथ मिलोस भन्ने उद्देश्यका साथ भेलाको आयोजना गर्न लागिएको टोकियोमा रहेका म्याग्दीको रघुगंगा ८ का दुवाडीका युवा देबिन छन्त्यालले जानकारी दिए ।

त्यसैगरी टोकियो मै रहेका धौलागिरी गांऊपालिका ७ मल्कबाङका युवा गंग बहादुर छन्त्याल भन्छन्, ‘कुनै भेग, आफ्नो मान्छे नभनी आर्थिक पारदर्शिताका साथ जापान छन्त्याल समाज भनि अघि बढ्ने उद्देश्य लिएका छौ र एऊटा नमुना संस्था बन्नेछ भन्नेमा विश्वास लिएका छौ ।’

त्यस्तै, सिजुओका बस्ने रघुगंगा ८ घ्यांसिखर्कका अर्का युवा टिका छन्त्यालका अनुसार नेपाल छन्त्याल संघबाट आधिकारिकता लिई जापान छन्त्याल संघलाई अघि बढाऊन लागिएको र सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । सो अवसरमा विभिन्न सांगितिक तथा मौलिक नृत्यको आयोजना पनि हुनेछ । अध्ययन र रोजगारको सिलसिलमा जापानको विभिन्न शहरमा २ सय भन्दा छन्त्याल समुदाय रहेको अनुमान गरिएको छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP