२०८१ माघ ४
January 17, 2025, Friday

जापानमा रहेका छन्त्याल समुदायले टोकियोमा भेलाको आयोजना गर्ने

गणेश छन्त्याल, जापानमा रहेका छन्त्याल समुदायले टोकियोमा एक भेलाको आयोजना गर्ने भएको छ । नेपाल छन्त्याल संघबाट स्विकृती लिई जापान छन्त्याल संघ गठन गर्नको लागि डिसेम्बर ३१ तारिखको दिन भेलाको आयोजना गर्न लागिएको हो । नयां बर्ष २०२४ को पूर्वसन्ध्यामा गर्न लागिएको उक्त भेलामा जापानको विभिन्न ठांऊमा छरिएर रहेका छन्त्याल समुदायको उपस्थिति हुनेछ । 

Advertisement

जापानको विभिन्न ठांऊमा छरिएर रहेका छन्त्यालहरुलाई एक ठांऊमा एकिकृत गरि दुःख,सुःखमा एक अर्काको साथ मिलोस भन्ने उद्देश्यका साथ भेलाको आयोजना गर्न लागिएको टोकियोमा रहेका म्याग्दीको रघुगंगा ८ का दुवाडीका युवा देबिन छन्त्यालले जानकारी दिए ।

त्यसैगरी टोकियो मै रहेका धौलागिरी गांऊपालिका ७ मल्कबाङका युवा गंग बहादुर छन्त्याल भन्छन्, ‘कुनै भेग, आफ्नो मान्छे नभनी आर्थिक पारदर्शिताका साथ जापान छन्त्याल समाज भनि अघि बढ्ने उद्देश्य लिएका छौ र एऊटा नमुना संस्था बन्नेछ भन्नेमा विश्वास लिएका छौ ।’

त्यस्तै, सिजुओका बस्ने रघुगंगा ८ घ्यांसिखर्कका अर्का युवा टिका छन्त्यालका अनुसार नेपाल छन्त्याल संघबाट आधिकारिकता लिई जापान छन्त्याल संघलाई अघि बढाऊन लागिएको र सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । सो अवसरमा विभिन्न सांगितिक तथा मौलिक नृत्यको आयोजना पनि हुनेछ । अध्ययन र रोजगारको सिलसिलमा जापानको विभिन्न शहरमा २ सय भन्दा छन्त्याल समुदाय रहेको अनुमान गरिएको छ ।

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८० मंसिर २९, शुक्रबार १४:४८

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८० मंसिर २९, शुक्रबार १४:४८

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८० मंसिर २९, शुक्रबार १४:४८

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP