२०८१ चैत्र १
March 14, 2025, Friday

पुष १६ देखि “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाईने

संगठन विस्तार र सुदृढीकरण गर्न “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने लगायतका निर्णय गर्दै नेपाली काँग्रेस म्याग्दीको सम्मेलन सम्पन्न भएको छ ।

Advertisement

बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी काँग्रेस” अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । समस्याग्रस्त वडा कार्यसमितिको पुर्नगठन, पदपुर्ति, क्रियाशिल सदस्यता वितरण, कार्यकर्ता भेटघाट र प्रशिक्षणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरिएको नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले बताउनुभयो ।

“पुष १६ देखि २० गतेसम्म क्षेत्र (ख) र २१ देखि २५ गतेसम्म प्रदेशसभाको क्षेत्र (क)मा अभियान सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो “समसामयिक राजनीतिक अवस्था र काँग्रेसको अगुवाईमा भएका राजनीतिक उपलब्धीको बारेमा नेता, कार्यकर्ता र जनतालाई बुझाउदै संगठन विस्तार र सुदृढीकरण गर्न केन्द्रित हुन्छौ ।”

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका गर्बुजाले पार्टीका नेतृत्वमा भएका कामको प्रचारप्रसारका साथै जनतालाई व्यवस्था र लोकतन्त्रका विरुद्धका भ्रमबाट मुक्त गराउने अभियानमा केन्द्रित हुन निर्देशन दिनुभयो ।

सम्मेलनमा सचिव भरतबहादुर रकालले प्रस्तुत गरेका संगठनात्मक र कोषाध्यक्ष अमृतमान शेरचनको आर्थिक प्रतिवेदन छलफलपछि पारित भएको छ । पार्टीका नियमित गतिबिधिका साथै विपद् व्यवस्थापन कोष स्थापना गरेर रु. एक करोड बराबरको राहत वितरण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी विकासका लागि जनता जाग कार्यक्रम सञ्चालन गर्ने सचिव रकालको प्रस्ताव सम्मेलनले पारित गरेको छ । निःशूल्क रुपमा योगदान गरि एक वटा वडामा कम्तीमा एक वटा योजना सम्पन्न हुने गरी श्रमदान गर्ने कार्यक्रम बनाउने सचिव रकालले बताउनुभयो ।

सरकारी कार्यालयको सेवा र विकास निर्माणको कामलाई जनउत्तरदायी बनाउन झकझकाउने र काँग्रेसका जनतप्रतिनिधिहरुलाई पार्टीसँग समन्वय गरेर काम गर्न निर्देशन दिएको छ । राजनीतिक गतिबिधिलाई जनताको सेवा र विकाससँग जोड्नका लागि विशेष योजना तय गर्न तल्लो कमिटिलाई निर्देशन दिएको ।

सम्मेलनले जिल्लामा काँग्रेसका सबै तहमा कार्यसमिति पूर्णता र विस्तार सहित पुर्नगठन गर्ने, सवै तहका समितिहरुलाई क्रियाशिल बनाउने, भातृ र शुभेच्छुक संगठनका समितिलाई परिचालन गर्ने, कार्यकर्तालाई प्रशिक्षण दिने, सरकारी कार्यालयमा सहजिकरण गर्न पार्टी कार्यालयमा सहायता कक्ष बनाउने, पार्टी प्रवेश अभियान चलाउने योजना पारित गरेको छ । सम्मेलनमा ४५ वटै वडा, पालिका, प्रदेशसभा क्षेत्रीय समिति, जिल्ला समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य लगायत सात सय जना भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको थियो । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरुले प्रशिक्षण दिनुभएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्नुहुदै महामन्त्री शर्माले विगतको तुलनामा लोकतान्त्रिक व्यवस्थामा नागरिकले धेरै अधिकार पाएको विषयलाई झुल्न नहुने बताउनुभयो । “नागरिकमा भएको असन्तुष्टि, गुनासोलाई सम्बोधन गर्न व्यवस्थाप्रति आकर्षण बढाउने नीति बनाउनुपर्छ । व्यवस्था खराब होइन् । नागरिकमा किन वितृष्ण र निराशा बढ्यो भनेर अध्ययन गर्नुपर्छ ?,” उहाँले भन्नुभयो “एक जना व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री एक पटक, मन्त्री तीन पटक र सांसद चार पटक भन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरेर व्यवस्थामा सुधार ल्याउन सकिन्छ ।’

साथै उक्त कार्यक्रममा कार्यक्रममा केन्द्रीय सदस्यहरु गुरु बराल ,किरण शर्मा पौडेल,पुर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ ,जिल्ला उपसभापति केबी भण्डारी ,पुर्व सहसभापति नेत्र महत ,कांग्रेस बागलुङका सभापति जित शेरचन ,गण्डकी प्रदेश सभा सदस्य विमला गौचन, प्रदेश कार्यसमिति सदस्य मनकुमारी विश्वकर्मा ,प्रदेशसभा निर्वाचन क्षेत्र कका सभापति ओम छन्त्याल ,खका सभापति टंकप्रसाद पुन , बलभद्र ढकाल तरुणदल उपाध्यक्ष श्रीप्रसाद रोका ,लगायत,वडा तथा पालिकाका कार्यसमिति पदाधिकारी र जनप्रतिनिधि एवं भातृ संगठनका पदाधिकारीहरुले बोल्नुभएको थियो ।

उपसभापति हरिकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा सचिव भरत रकाल र सहसचिव श्रीराम पौड्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कोषाध्यक्ष अमृतमान शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० पुष २, सोमबार ०२:४७

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० पुष २, सोमबार ०२:४७

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० पुष २, सोमबार ०२:४७

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP