२०८३ भाद्र २
August 18, 2026, Tuesday

रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन

म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ ।

Advertisement

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई अनुशासीत बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरुले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गर्नुभयो । स्थानीय, प्रदेश र संघीय सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले विद्यार्थीहरुलाई गलत बाटोमा जानबाट रोक्न खेलकुदले रचनात्मक भुमिका खेल्ने बताउनुभयो ।

????????????????????????????????????

भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १३÷१३ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको उद्घाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले विद्यार्थीहरुमा रहेका खेल प्रतिभाको पहिचान गरेर खेलकुद मार्फत अगाडी बढाउन यस्ता प्रतियोगिताले सहयोग पुग्नेमा जोड दिनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले बेनी–पात्लेखेत–झिँ हुँदै पाखापानी जोड्ने सडक कालोपत्रे गर्नका लागि बहुबर्षिय ठेक्का लगाउने तयारी गरेको समेत जानकारी दिनुभयो ।

????????????????????????????????????

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले विद्यालय, खेलमैदान लगायतका समस्याहरुलाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रतियोगितामा सहभागी विद्यार्थीहरुले जित हारको रुपमा नभएर सिकाई र उपलब्धीका रुपमा आफुलाई सहभागी गराउन आग्रह गर्नुभयो । उहाँले सबै विद्यार्थी खेलाडीहरुलाई अनुशासीत र मर्यादित भएर खेल खेल्न समेत आग्रह गर्नुभयो ।

????????????????????????????????????

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP