२०८३ असार २
June 16, 2026, Tuesday

तीन कक्षा तीन विद्यार्थी

म्याग्दीको धवलागिरि गाउँपालिका–४, नाउरा स्थित रणज्योति आधारभूत विद्यालयमा ३ कक्षासम्म पढाइ हुँदै आएको छ। भौगोलिक रूपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यही विद्यालयमा अध्ययन गर्दै आएका छन् । 

Advertisement

नाउरा गाउँमा २० घरधुरी रहेका छन्। विद्यालय जाने तीन जना मात्र बालबालिका रहेका छन्। कक्षा १ मा पाँच वर्षीय एरिक घर्तीमगर, कक्षा २ मा सात वर्षीय एरिका घर्तीमगर र बालविकासमा युवान गर्बुजा नियमित विद्यालय आउने गर्नुभएको छ । एरिक र एरिका दिदीभाइ हुनुहुन्छ । 

Advertisement

रेबिका घर्तीमगर २०७६ फागुन २३ गतेदेखि कार्यालय सहयोगीका रूपमा नियुक्ति भए पनि कार्यालय सहयोगीदेखि पढाउने र प्रअको प्रशासनिक कामसमेतको जिम्मेवारी उहाँको काँधमा छ। कक्षा १२ उत्तीर्ण गर्नुभएकी रेबिकाले १७ हजार २५० रुपियाँ मासिक रूपमा तलब पाउँदै आउनुभएको छ । दुई कक्षामा अध्ययनरत एरिकाले भन्नुभयो, “म्याडमले राम्रो पढाउनुहुन्छ, हामी पनि नियमित विद्यालय आउने र गृहकार्य गर्ने गरेका छौँ ।” 

मगरले भन्नुभयो, “मेरो जिम्मेवारी कार्यालय सहयोगीको भए पनि स्थानीयवासीको आग्रहमा पढाउँदै आएकी छु। मेरो अध्यापनबाट सबै खुसी पनि हुनुहुन्छ।” यहाँ कक्षा ३ उत्तीर्ण गरेपछि पनि बालबालिका एक घण्टा पैदल हिँडेर खिबाङको चन्द्रज्योति माविमा पढ्न जानुपर्ने बाध्यता छ । अहिले गाउँमा धेरै बालबालिका नहुँदा विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । गत वर्ष छ विद्यार्थीले तीन कक्षा उत्तीर्ण गरेर अन्य विद्यालयमा पढ्न गएपछि घटेर तीन जना छन् ।

उहाँले भन्नुभयो, “थोरै सङ्ख्या भएकाले बहुकक्षा शिक्षण प्रणालीमार्फत एउटै कक्षाकोठामा राखेर पढाउँदै आएकी छु। तीनै जना नियमित रूपमा विद्यालय आउने गरेका छन्। सानो गाउँ त्यसमाथि भौगोलिक कारण यहाँबाट अन्य विद्यालयमा पढ्न जानलाई पनि टाढा र जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले स्थानीले पनि एक जना भए पनि पढाइदिनु भन्नुभएको छ ।” 

वडा सदस्य रिम रोकाले भन्नुभयो, “सानो गाउँ, जनसङ्ख्या पनि कम। अर्को विद्यालयमा जान पनि एक घण्टा टाढा जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले गाउँवासीको माग अनुसार कक्षा ३ सम्म भए पनि विद्यालय सञ्चालन हुँदै आएको छ ।” नाउरावासीले सोलार बत्ती बाल्दै आएका छन् । दैनिक १० वटा विषय पढाउने गरेको उहाँले बताउनुभयो । केही दिनअघि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङका अध्यक्षसमेत रहनुभएका समाजसेवी कर्ण पुनमगरले विद्यालयलाई २० हजार रुपियाँ सहयोग गर्नुभएको थियो । 

२०६७ सालमा स्थापित विद्यालय भवनमा जम्मा दुई वटा कक्षाकोठा रहेका छन्। गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले भौगोलिक रूपमा विकटताका कारण थोरै विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भौगोलिक विकटता कारण साना साना बालबालिकालाई केही सहज भएको छ । थोरै विद्यार्थी सङ्ख्या भए पनि उनीहरूको भविष्य अन्धकारमा पार्दिनुभएन ।” 

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP