Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु


धु्रवसागर शर्मा
पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ ।

Advertisement


विद्यालयको प्रांगणमा मुल समारोहको आयोजना गरी विविध कार्यक्रमका सात १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन मालिका गाउँपालिकाका अध्यक्षत बेगप्रसाद गर्बुजाले गर्नुभएको थियो ।उद्घाटन पछि प्रमुख अतिथिको मन्तव्य व्यक्तगर्ने क्रममा अध्यक्ष गर्वुजाले कार्यक्रम सफलताकाको शुभकामना दिँदै के.वि एकेडेमीले कितावी ज्ञानका अतिरिक्त प्रयोगात्मक विधि अपनाएर पठनपाठ गर्दै आएको देख्दा आफूलाई खुसी लागेको बताउँदै शिक्षा क्षेत्रमा के.वि एकेडेमीले पु¥याएको योगदानलाई विसन नसकिने बताउनुभयो ।

Advertisement


कार्यक्रम उद्घाटनका अवसरमा प्रमुख अतिथी गर्बुजाले विद्यार्थीहरुद्धारा प्रकाशित फूलबारी भित्ते पत्रिकाको लोकार्पण,विद्यार्थीहरुद्धारा प्रर्दशित सूचना प्रविधि र शैक्षिक सामग्रीहरुको अवलोकन गर्नुभएको थियो । त्यसैगरी विज्ञान शिक्षक बलराम श्रेष्ठको नेतृत्वमा विद्यालयका विद्यार्थीहरुले बेनी नगरपालिका ४ तोराखेत पहिरोदेखि मालिका गाउँपालिका ६ दरवाङसम्मका पहिरोको भौगर्भिक अध्ययन÷ अनुसन्धान गरी संकलन गरेका चटनहरुको नमुना अवलोकन गर्नुका साथै विद्यार्थीहरुले प्रस्तुत गरेको रिपोर्ट श्रवण गर्नुभएको थियो । प्रमुख अतिथी गर्बुजाले विद्यालयले यस्ता रचनात्मक र खोजमूलक कार्यक्रमगरी वार्षिकोत्सव मनाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।


त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी मालिका गाउँपालिका ६ दरबाङका पथबहादुर रोकाले आफ्नै वडाभित्रको संस्थागत विद्यालय जिल्लाकै अब्बल विद्यालयहरुमध्येमा गणना योग्य भएकोमा आफूलाई खुसी लागेको बताउनुभयो । विद्यालयले शैक्षिक,खेलकुद लगाएत विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरुमा सफलता प्राप्त गर्दै गएकोमा प्रशन्नता व्यक्त गर्दै आफ्नो क्षेत्रबाट पनि विद्यालयको शैक्षिक उन्नतीका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी मालिका गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशोक रिजालले पछिल्लो समय विद्यालयले प्रयोगात्मक विधिद्धारा पठनपाठन गराउँदै आएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । पश्चिम म्याग्दीको शैक्षिक क्षेत्रमा गर्विलो इतिहास बनाउन सफल के.वि एकेडेमी आगामी दिनमा अझै अनुकरणीय वन्दै जाने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी उद्योग वाणिज्य संघ दरवाङ इकाइका सचिव अमृत सापकोटा,विद्यालयका पूर्व संचालक सदस्य एवम् शैक्षिक र वौद्धिक व्यक्तित्व बालकृष्ण शर्मा लगाएतका वक्ताहरुले के.वि एकेडेमीको स्थापनादेखि अहिलेसम्मका गतिविधिहरु प्रष्टाउँदै पश्चिम म्याग्दीको एउटा गौरवयोग्य शैक्षिक संस्था बन्दै गएकोमा खुसी व्यक्त गर्दै आआफ्नो क्षेत्रबाट सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।


विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले निर्माणगरेका शैक्षिक,साहित्यिक,प्राविधिक र विज्ञान सम्वन्धि विभिन्न सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
सोही अवसरमा ‘मौनतामा परिश्रम,सफलतामा आवाज’ भन्ने स्लोगनका साथ आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी गर्बुजाले गर्नुभयो ।
प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयका प्रतियोगिहरुले भाग लिएका छन् । कार्यक्रम पाँच दिनसम्म संचालन हुने विद्यालयले जनाएको छ ।


जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल तथा अभिभावक लक्षित विविध प्रतियोगिताको अण्डर टेन फुटसलतर्फ प्रथम पुरस्कार नगद रु ३० हजार ३ सय ३० र द्धितीय पुरस्कार नगद रु २० हजार,२ सय २२ का साथै ट्रफि,मेडल र प्रमाणपत्र रहेको छ भने अभिभावक फुटसल महिलातर्फ प्रथम हुनेलाई नगद रु १२ हजार १२ र द्धितीय पुरस्कार रु ७ हजार ७ का साथै प्रमाणपत्र रहेको छ । प्रतियोगिताको मुख्य आकर्षण महिला फुटसल रहेको आयोजकले जनाएको छ ।


विद्यालयका संचालक÷निर्देशक हिराबहादुर पुनको अध्यक्षता, विद्यालयका प्रिन्सिपल बिमल शर्माको स्वागत, भाइस प्रिन्सिपल धु्रवसागर शर्मा र शिक्षक मिनबहादुर सुनारको संचालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले स्वागत मन्तव्यका साथै विभिन्न सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP