२०८३ भाद्र २
August 18, 2026, Tuesday

घतानको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ८ सय लाभान्वित

म्याग्दीको बेनी नगरपालिका–९ घतानमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ८ सय जना लाभान्वित भएका छन् ।
नेप्टेचौर स्थित राष्ट्रिय मावि प्राङ्गणमा भएको स्वास्थ्य शिवरमा लायन्स क्लब अफ पोखरा अभियानको सहयोग वडा कार्यालयको समन्वय र पोखरा नागढुंगा स्थित चरक अस्पतालको सम्पूर्ण चिकित्सकीय तथा प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement

शिविरमा स्त्रिरोगमा १५१ जना, जनरल फिजिसियन ३९५ जना, हा जोर्नी तथा नशारोग २६९ जना, भिडियो एक्सरे १२७ जना, इसीजि ८८ जना, सुगर परिक्षण १४३ जना, अकुपन्चर तथा फिजीयोथेरापी १५५ जना लगायत ७ सय ८२ जनाले सेवा लिएको कार्यक्रमको संयोजक बल बहादुर केसीले जानकारी दिनुभयो ।

क्लबले ग्रामिण भेगमा आएर शिविर आयोजना गरी जनताको स्वास्थ्य सेवामा पहुँच पुराएको धन्यवाद दिदै वडा अध्यक्ष चक्र बहादुर केसीले विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभुती गरेको बताउनुभयो ।

लायन ईन्टरनेशनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता एवं बेनी वडा नं. ९ का अध्यक्ष चक्रबहादुर केसीको आतिथ्यतामा भएको शिविरमा आवश्यकलाई औषधि वितरणसमेत गरिएको थियो । अभियानका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक बलबहादुर केसी तथा सञ्चालन विनोदराज आचार्यले गरेका थिए ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP