२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

घतानको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ८ सय लाभान्वित

म्याग्दीको बेनी नगरपालिका–९ घतानमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ८ सय जना लाभान्वित भएका छन् ।
नेप्टेचौर स्थित राष्ट्रिय मावि प्राङ्गणमा भएको स्वास्थ्य शिवरमा लायन्स क्लब अफ पोखरा अभियानको सहयोग वडा कार्यालयको समन्वय र पोखरा नागढुंगा स्थित चरक अस्पतालको सम्पूर्ण चिकित्सकीय तथा प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement

शिविरमा स्त्रिरोगमा १५१ जना, जनरल फिजिसियन ३९५ जना, हा जोर्नी तथा नशारोग २६९ जना, भिडियो एक्सरे १२७ जना, इसीजि ८८ जना, सुगर परिक्षण १४३ जना, अकुपन्चर तथा फिजीयोथेरापी १५५ जना लगायत ७ सय ८२ जनाले सेवा लिएको कार्यक्रमको संयोजक बल बहादुर केसीले जानकारी दिनुभयो ।

Advertisement

क्लबले ग्रामिण भेगमा आएर शिविर आयोजना गरी जनताको स्वास्थ्य सेवामा पहुँच पुराएको धन्यवाद दिदै वडा अध्यक्ष चक्र बहादुर केसीले विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभुती गरेको बताउनुभयो ।

लायन ईन्टरनेशनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता एवं बेनी वडा नं. ९ का अध्यक्ष चक्रबहादुर केसीको आतिथ्यतामा भएको शिविरमा आवश्यकलाई औषधि वितरणसमेत गरिएको थियो । अभियानका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक बलबहादुर केसी तथा सञ्चालन विनोदराज आचार्यले गरेका थिए ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० पुष ८, आईतवार १३:०९

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० पुष ८, आईतवार १३:०९

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० पुष ८, आईतवार १३:०९

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP