Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक दलमान गुरुङले उद्घाटन गर्नुभएको हो । शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयको सहभागिता रहेको छ ।

Advertisement

प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा खेल संचालन गरिने गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले बताउनुभयो । प्रतियोगितामा विजेता विद्यालयले ८० हजार, उपविजेताले ६० हजार र तृतिय हुने विद्यालयले ४० हजार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

Advertisement

उद्घाटन कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष वेग प्रसाद गर्वुजाले विद्यार्थीहरुलाई अनुशासनपूर्वक खेल कौशल प्रस्तुत गर्न आग्रह गर्नुभयो । खेलाडी उत्पादन गर्ने थलो विद्यालय भएकाले विद्यालय स्तरमा रहेका खेलाडीहरुको खेल क्षमता अभिवृद्धिका लागि राष्ट्रपति रनिङ शिल्डले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गर्वुजाले बताउनुभयो । खेल क्षेत्रको विकासलाई पालिकाले प्राथमिकतामा राखेको अध्यक्ष गर्वुजाको भनाई थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उत्कृष्ट खेलाडीले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा समेत आफ्नो प्रतिभा देखाउन सक्ने भएकाले अनुशासनपूर्वक उत्कृष्ट खेल प्रदर्शन गर्न अनुरोध गर्नुभयो ।

साथै उहाँले निष्पक्ष र मर्यादित तवरले खेल संचालन गराउनका लागि सम्पूर्ण अफिसियलहरुलाई सपथ समेत गराउनुभएको थियो । उद्घाटन खेल स्वरुप आयोजित १५ सय मिटर दौडमा छात्रतर्फ किसानी मावि विमले स्वर्ण, जनप्रीय मावि दरवाङले कास्य र भिम मावि देविस्थानले रजत पदक जितेको छ । त्यस्तै छात्रातर्फ किसानी मावि विमले स्वर्ण, भिम माविले कास्य र जनप्रीय माविले रजत पदक जितेको छ । विजेता विद्यार्थीहरुलाई पालिका अध्यक्ष गर्वुजा, उपाध्यक्ष लक्ष्मीदेवि घर्ति पुन मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसी, वडा नम्वर ६ का अध्यक्ष पथ बहादुर रोका लगायतले मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रीय माविका शिक्षिकाहरु, केवि एकेडेमी, फ्यचर स्टार मन्टेश्वरी लगायतका विद्यार्थीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षा शाखा अधिकृत अशोक रिजालको अध्यक्षता, वडा नम्वर ६ का अध्यक्ष पथ बहादुर रोकाको स्वागत र जनप्रीय माविका प्रधानाध्यापक दिवाकर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP