२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

रघुगंगामा १ करिब रु ५करोड थप बजेट विनियोजन

म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड बजेट बाँडफाँट गरेको छ । मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौग्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभा मार्फत विकास निर्माणका पूर्वाधार निर्माणको क्षेत्रलाई प्राथमिकता दिएर बाँडफाँड गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार, गाउँपालिकाभित्र अधुरा रहेका योजना, सडक मर्मत, विद्यालय पूर्वाधार निर्माण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । गत असारमा सम्पन्न १५ औँ गाउँसभाले रघुगंगामा चालु आर्थिक बर्ष २०८०÷०८१ का लागी रु ४३ करोड ५७ लाख ८७ हजार छ सय बराबरको बजेट स्विकृत गरेको थियो । गाउँसभाबाट गाउँपालिकाको आर्थिक ऐन समेत संसोधन गरिएको छ ।

Advertisement

त्यस्तै गत बर्षका बिशेष योजनाको म्याद थप गरिएको छ । वडा नं. ७ चिमखोलाको निर्माणधिन स्वास्थ्य चौकी र रितुङ मावि भवनको यही चालु आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको हो ।सभालाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विकास निर्माणका योजनालाई सम्झौता र कार्यान्वयनमा जुट्न कर्मचारी, वडाका जनप्रतिनिधि र उपभोक्ताहरु सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाले चालु आर्थिक बर्षको हालसम्म कुल बजेटको १९ प्रतिशत बजेट खर्च गरेको छ । पुजिगततर्फ ३ प्रतिशत र चालुतर्फ २३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वनय हुने योजनाहरुको लगत स्टिमेट तयार गरि धमाधम सम्झौताको चरणमा रहेको जनाएको छ । सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले थप भएका योजनाहरुको प्रभाबकारी कार्यान्वयनको लागि लागत स्टिमेट तयार गरि कार्यान्वयनमा लैजानेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, २ का अध्यक्ष अमृत भण्डारी, ३ का अध्यक्ष खिमबहादुर शाही, ४ का अध्यक्ष पबिन गर्वुजा, ५ का अध्यक्ष मनबहादुर शेरमञ्जा, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ७ का अध्यक्ष थकबहादुर पाईजा, ८ का अध्यक्ष गमान छन्त्याल र कार्यपालिका सदस्य होमबहादुर दर्जीले पालिकाको आन्तरिक आम्दानीको स्रोत बढाएर विकासलाई गति दिन सबै सरोकारवालाहरुको रचनात्मक साथ, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा रघुगंगा गाउँपालिकाले एसइइ परिक्षा २०७९ मा औषत जिपिएका आधारमा २.७७ जिपिए सहित गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याएकोमा ज्ञानोदय माविलाई सम्मान गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष पुन र प्रमुख प्रशासकीय अधिकृत ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी र प्रअ विजय शर्मालाई प्रसंसापत्रद्धारा सम्मान गर्नुभएको थियो ।

उक्त अवसरमा हालै गाउँपालिकाको चौथो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको मैत्रीपूर्ण भलिबल खेलमा बिजेता बनेको जनप्रतिनिधिको समूहले बिजेता बापतको नगद पुरस्कार रु ७ हजार ५ सय रकम ज्ञानोदय माविको दृष्टिविहिन स्रोत कक्षाको लागि सहयोग गरिएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष पुनको स्वागत र लेखाअधिकृत सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP