२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

रघुगंगामा १ करिब रु ५करोड थप बजेट विनियोजन

म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड बजेट बाँडफाँट गरेको छ । मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौग्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभा मार्फत विकास निर्माणका पूर्वाधार निर्माणको क्षेत्रलाई प्राथमिकता दिएर बाँडफाँड गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार, गाउँपालिकाभित्र अधुरा रहेका योजना, सडक मर्मत, विद्यालय पूर्वाधार निर्माण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । गत असारमा सम्पन्न १५ औँ गाउँसभाले रघुगंगामा चालु आर्थिक बर्ष २०८०÷०८१ का लागी रु ४३ करोड ५७ लाख ८७ हजार छ सय बराबरको बजेट स्विकृत गरेको थियो । गाउँसभाबाट गाउँपालिकाको आर्थिक ऐन समेत संसोधन गरिएको छ ।

Advertisement

त्यस्तै गत बर्षका बिशेष योजनाको म्याद थप गरिएको छ । वडा नं. ७ चिमखोलाको निर्माणधिन स्वास्थ्य चौकी र रितुङ मावि भवनको यही चालु आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको हो ।सभालाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विकास निर्माणका योजनालाई सम्झौता र कार्यान्वयनमा जुट्न कर्मचारी, वडाका जनप्रतिनिधि र उपभोक्ताहरु सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाले चालु आर्थिक बर्षको हालसम्म कुल बजेटको १९ प्रतिशत बजेट खर्च गरेको छ । पुजिगततर्फ ३ प्रतिशत र चालुतर्फ २३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वनय हुने योजनाहरुको लगत स्टिमेट तयार गरि धमाधम सम्झौताको चरणमा रहेको जनाएको छ । सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले थप भएका योजनाहरुको प्रभाबकारी कार्यान्वयनको लागि लागत स्टिमेट तयार गरि कार्यान्वयनमा लैजानेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, २ का अध्यक्ष अमृत भण्डारी, ३ का अध्यक्ष खिमबहादुर शाही, ४ का अध्यक्ष पबिन गर्वुजा, ५ का अध्यक्ष मनबहादुर शेरमञ्जा, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ७ का अध्यक्ष थकबहादुर पाईजा, ८ का अध्यक्ष गमान छन्त्याल र कार्यपालिका सदस्य होमबहादुर दर्जीले पालिकाको आन्तरिक आम्दानीको स्रोत बढाएर विकासलाई गति दिन सबै सरोकारवालाहरुको रचनात्मक साथ, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा रघुगंगा गाउँपालिकाले एसइइ परिक्षा २०७९ मा औषत जिपिएका आधारमा २.७७ जिपिए सहित गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याएकोमा ज्ञानोदय माविलाई सम्मान गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष पुन र प्रमुख प्रशासकीय अधिकृत ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी र प्रअ विजय शर्मालाई प्रसंसापत्रद्धारा सम्मान गर्नुभएको थियो ।

उक्त अवसरमा हालै गाउँपालिकाको चौथो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको मैत्रीपूर्ण भलिबल खेलमा बिजेता बनेको जनप्रतिनिधिको समूहले बिजेता बापतको नगद पुरस्कार रु ७ हजार ५ सय रकम ज्ञानोदय माविको दृष्टिविहिन स्रोत कक्षाको लागि सहयोग गरिएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष पुनको स्वागत र लेखाअधिकृत सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० पुष १७, मंगलवार १४:४९

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० पुष १७, मंगलवार १४:४९

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० पुष १७, मंगलवार १४:४९

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP